प्रहरीलाई विष्कुट, चाउचाउ र पानी

सुर्खेत, २० चैत ।

कोरोना भाइरसको सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनका क्रममा ड्यूटिमा खटने प्रहरीहरुका लागि खाजा सामाग्री सहयोग गरिएको छ । ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–१२ र साहारा क्याम्पस सुर्खेतबाट विहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सामाग्री हस्तान्तरण गरिएको छ ।

सहकारी र क्याम्पसका अध्यक्ष प्रकाश सुवेदीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज पन्तलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । १० कार्टुन विष्कुट, २५ कार्टुन चाउचाउ र १२० बोतल पानी सहयोग हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया