कोरोनाको परीक्षण सुर्खेतबाट सुरु

सुर्खेत, १९ चैत ।

विश्वलाई नै त्रसित पारेको कोरोना भाइरसको परीक्षण अब सुर्खेतमै हुने भएको छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा अब व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुनेछ । यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाण्डौ पठाउने गरिएको थियो ।

कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन बुधबार सुर्खेत आइपुगेको छ ।यो मेसिनले मानिसमा कोरोना भाइरस रहे नरहेको हेर्ने काम गर्दछ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार बुधबार नै मेसिन जडान गर्ने काम भएको छ । उनले आज (बिहीबारदेखि) नै कोरोनाको परीक्षण गरिने जानकारी दिइन् ।

सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा गरिएको छ । सुर्खेतमा यो प्रविधि आएसँगै अब कर्णालीमा संकलन भएको नमूना यतै परीक्षण हुनेछ । सुर्खेतमा कोरोनाको परीक्षका लागि संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठलाई पठाएको छ । कोरोना परीक्षण उपकरणसँगै कोरोना परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाको (सीडीएल)मा कार्यरत श्रेष्ठलाई प्रयोगशाला विज्ञका रुपमा सरकारले सुर्खेत पठाएको हो ।

उनले एक सातासम्म प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षणबारे जानकारी दिनेछन् ।एक सातासम्म डाक्टर श्रेष्ठको नेतृत्वमा प्रदेश अस्पतालका डाक्टरहरुले कोरोनाको परीक्षणमा खटिनेछन् । तर हप्तादिनपछि प्रदेश अस्पतालका प्रयोगशालामा कार्यरत कर्मचारीलाई सिकाएपछि उनी फर्कनेछन् । विश्वभरनै कोरोनाको त्रास फैलिएपछि नेपाल सरकारले चीनबाट कोरोना परीक्षण सहितका उपकरण ल्याएको थियो । चीनबाट ल्याइएकोकोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरुसुर्खेत ल्याइएको होे ।

सुर्खेतमा कोरोना परीक्षण सुरुभएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसअघि कोरोनाको नमूना परीक्षणका लागि कर्णालीवासी काठमाडौको भर पर्नुपथ्र्याे । जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलगन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिन्थ्यो । नमूना पठाएको झण्डै एक हप्तादिन मात्रै रिपोर्ट आउने गरेको थियो । काठमाडौंको केन्द्रिय प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुँदैआएकोमा अवदेखि सातवटै प्रदेशबाट कोरोनाको परीक्षण सुरु भएको छ ।

‘एक दिनमा १० जनाको परीक्षण गर्छौं
कोरोना परीक्षणका लागि कर्णाली प्रदेशमा संघीय सरकारले डाक्टर रामकृष्ण श्रेष्ठलाई विशेषज्ञको रुपमा खटाएको छ । केन्द्रिय डाइनोस्टिक सेन्टर (सीडीएल) मा कार्यरत डाक्टर श्रेष्ठसँग कोरोना परीक्षणको बारेमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको शाराशं ः

एक जनाको नमूना परीक्षण गर्न कति समय लाग्छ ?
सामान्यतया एउटा नमूना परीक्षण गर्न ४० देखि ५० मिनेटलाग्छ । तर एक घण्टाको अवधिमा एउटा नमूनाको रिजल्ट बाहिर आउँछ ।

एक दिनमा कति जनाको परीक्षण गर्न सकिन्छ नी ?
हामीले सुर्खेतमा एक दिनमा आठ देखि १० जनाको नमूना परीक्षण गर्ने लक्ष्य राखेका छौं । किनकी एक घण्टाको पेरिफेरिमा एउटा व्यक्तिको रिजल्ट आएपनि दिनभरीमा बढीमा १० वटा मात्रै नमूना परीक्षण गर्न सकिन्छ । चिकित्सकको उपलब्धता र उपकरणको क्षमताले पनि संख्याको निर्धारण गर्दछ ।

कर्णाली प्रदेश सभा सदस्य करविर शाही र काेभिड–१९ परिक्षण विशेषज्ञ डा रामकृष्ण श्रेष्ठ

अन्य प्रदेशमा २÷३ जनासम्म डाक्टर खटाइएको अवस्थामा कर्णालीमा तपाइँ एक्लैले आउनु भएको छ ।यदीमहामारी नै फैलिएको अवस्थामा एउटा मेसिन र तपाइँ एक्लैले काम गर्न सम्भव होला त?
कुन प्रदेशमा के कतिभन्दा पनि हामी यहाँ कार्यरत डाक्टरहरुलाई गाइड गर्न आएका हौं । महामारी नै फैलियो भनेपनि हामीले एउटा मेसिनले १० जनाभन्दा बढीको परीक्षण गर्न सकिदैन भन्ने हाम्रो अनुमान हो। महामारी फैलियो भने सरकारले सोच्ने कुरा हो । नेपालमा यो मेसिन छैन । जसले गर्दा अनेत्र देशबाट झिकाउनुपर्छ । महाममारी फैलिने भन्दापनि महामारी रोक्न सक्नु पर्दछ । सहजताका लागि गाउँगाउमै यस्ता प्रयोगशाला हुनुपर्छ । तर पूर्वसावधानी अपनाइयो भने एउटा प्रदेशमा एउटा पनि प्राप्त नै हो ।किनकी हिजोसम्म नेपालमा एउटामात्रै प्रयोगशाला थियो । देशभरका नमूना किाठमाण्डौं जान्थ्यो ।

अहिले प्राप्त भएको किटले कति जना व्यक्तिको नमूना परीक्षणका गर्न सकिन्छ ?
अहिले नमूनाका रुपमा यो किट पठाइएको हो । यो किटले हामीले एक हजार जनाको नमूना परीक्षण गर्न सक्छौं । त्यसपछि अवस्था हेरेर सरकारले निर्णय लिन्छ । अवस्था हेरेर कर्णालीमा थप किट पनि आउन सक्छन् ।

प्रयोगशालामा स्वास्थ्यकर्मीका लागि पर्याप्त स्रोत साधन छन् त ?
स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरणहरु अहिलेलाई पर्याप्त नै होला । तर बाँकी उपकरणहरु प्रदेश सरकारले अभाव हुन दिँदैन भन्नेमाम विश्वस्त छु । आवश्यकता अनुसार सरकारले व्यवस्थापन गर्दै जान्छ ।

तपाइँ अब कहिलेसम्म प्रदेश अस्पतालमा रहनु हुन्छ नी ?
म प्रदेशमा कार्यरत डाक्टरहरुलाई गाइड गर्न आएको हुँ । तसर्थ मेरो बसाई धेरै हुँदैन । यहाँ कार्यरत डाक्टरहरुलाई जति छिटो गाइड गर्न सकियो, त्यति छिटो मैले विदा पाउँछु । म बढीमा एक हप्तासम्म सुर्खेतमा रहन्छु । त्यसपछि पुरानै जिम्मेवारीमा फर्कनेछु । यो अवधिमा मैले यहाँका चिकित्सकहरुलाई परीक्षण गर्ने तरिका र उपाय सिकाउने छु ।

https://www.youtube.com/watch?v=oSw5wOfgskg

तपाईको प्रतिक्रिया