माक्स र माक्सवाद सम्बन्धी प्रेरक भनाइहरु

१.मजदुरहरुको आफ्नो देश हुँदैन । जुन कुरा उनीहरुसँग छैन, त्यो कसैले खोस्न सक्दैन । तर, सर्वहारावर्ग राष्ट्रवादी पनि हुन्छन्, किनभने उसले सबभन्दा पहिले राजनीतिक सत्ता प्राप्त गर्नुपरेको छ, राष्ट्रिय वर्गको स्थानसम्म पुग्नु परेको छ , राष्ट्रको रुपमा संघटित हुनु परेको छ, यद्यपी उसको यो राष्ट्रियता वुर्जुवा राष्ट्रियता भन्दा एकदमै भिन्न छ । (माक्स)

२.जुन अनुपातमा एक व्यक्तिद्धारा अर्को व्यक्तिको शोषणको अन्त्य गरिनेछ, त्यही अनुपातमा एक राष्ट्रद्वारा अर्को राष्ट्रको शोषण पनि नामेट पारिनेछ । राष्ट्रभित्र वर्गहरुबीचको विरोधाभासका साथसाथै राष्ट्रहरुका बीचमा आपसी शत्रुतापूर्ण सम्बन्ध पनि मेटिएर जानेछ । (माक्स)

३. जहाँसम्म मेरो कुरा छ न त आधुनिक समाजमा वर्गहरुको अस्तित्वको नियम उद्घाटन गर्ने, न त यी वर्गहरुबीचका संघर्षको सिद्धान्तकै प्रतिपादन गर्ने श्रेय मलाई छ । मभन्दा धेरै पहिले नै वुर्जुवा इतिहासविद्हरुले वर्ग संघर्षको ऐतिहासिक विकास कसरी भयो भन्ने कुरा र वुर्जुवा अर्थशास्त्रीहरुले वर्गहरुको आर्थिक संरचना कस्तो हुन्छ भन्ने वर्णन गरिसकेका थिए । मैले चहिँ निम्न कुरा प्रमाणित गरेँ र यही मेरो नयाँ खोज होस

क) वर्गहरुको अस्तित्व उत्पादनको विकासका निश्चित ऐतिहासिक अवस्थासँग मात्र सम्बन्धीत हुन्छ,

ख) सर्वहारा अधिनायकवाद वर्गसंघर्षको अनिवार्य परिणाम हो,
ग) यस्तो अधिनायवाद सबै प्रकारका वर्गहरुको उन्मूलन र वर्ग्विहीन समाजको स्थापनातर्फ संक्रमण मात्र हो । (माक्स)

४. मेरा विचारहरु, तिनको जस्तो सुकै धारण किन नबनाउन, ती मेरो इमान्दारितापूर्ण वर्षाैको अनुसन्धानका नतिजा हुन् । विज्ञानको ढोकामा, नरकको ढोकामाजस्तै सूचना पाटी टाँगिएको हुनुपर्छ । (माक्स)

५.माक्स हामी सबैभन्दा माथि उभिनु भएको थियो, उहाँ सबभन्दा टाढा, सबभन्दा बढी र सबभन्दा छिटो देख्नु हुन्थ्यो । माक्र्स अनुपम बुद्धिले विभूषित हुनुहुन्थ्यो, हामी चहीँ धेरै भए प्रतिभाशालीसम्म थियौं । उहाँको अभावमा हाम्रो सिद्धान्तले सायद नै त्यो रुप लिन सक्थ्यो, जुन आज यसले लिएको छ । तसर्थ यस सिद्धान्तलाई उहाँको नाम प्रदान गरिनु पूर्णतः न्यायपूर्ण छ । (एंगेल्स)

६. जसमध्ये समाजवादीका नेता कार्ल माक्र्स पनि हुनुहुन्थ्यो । त्यसबेला माक्र्स ३० वर्षको हुनुहन्थ्यो, तर उहाँ समाजवादीहरुको सर्वमान्य नेता बनिसक्नु भएको थियो । होचो कदको, गठिलो शरिर र चौडा निधार, कालो कपाल, बाक्लो दाह्री, काला चम्किला आँखा भएका यस व्यक्तिप्रति एकैचोटी सबको ध्यान पर्यो । यिनी उत्कृष्ट विशेषज्ञ र विद्धान् हुन् भन्ने कुरामा एकमत थियो…..माक्सले जे जति कुरा गर्नु हुन्थ्यो सब अति सारगर्भित, तर्कसंगत र स्पष्ट हुन्थे । कार्ल सर्च (अगस्त १८४८ मा भएको जनवादी सम्मेलनमा भाग लिन बोनबाट आएका प्रतिनिधि)

७. माक्र्सबाट के सिक्ने ? क्रान्तिप्रतिको आस्था, मजदुर वर्गलाई आप्mना प्रत्यक्ष क्रान्तिकारी उद्देस्यका लागि अन्त्यसम्म संघर्ष गर्ने आह्वान, आत्मा संयम, क्रान्तिको क्षणिक असफलता देखेर नतर्सने र गुनासो नगर्ने गुण । (लेनिन) स्रोत ः युज एजेन्सी

तपाईको प्रतिक्रिया