सरू बस्नेत
जाजरकोट, १९ चैत ।
विश्वब्यापी रूपमा फैलिएको माहामारी कारोना भाईसले विश्व लकडाउनको अवस्थामा छ । कोरोनाको सन्त्रास, लकडाउनले गर्दा मान्छेहरूको दैनिकी चलाउन पनि धौ भैरहेको छ । सबै ठप्प भएर जनजिवन प्रभावित हुँदा जाजरकोट खलंगाका एक युबा नेता मनकारी घरबेटी निस्किएका छन् ।
आफ्नो घरमा बस्ने सबैलाई यो बिपत समाधान नहुन्जेलसम्म घर भाडा नलिने प्रतिबद्धता गरेका छन् । कुशे गाउँपालिका घर भै हाल जाजरकोट खलंगामा पाँच तलाको घर बनाएर केही बर्ष सदरमुकाममा बस्ने नेकपा नेता तप्त हमाल र श्रीमती भवानीसरा हमालले यो अवधिको घरभाडा नलिने घोषणा गरेका हुन । माहामारीको सन्त्रास र लकडाउनले मानिसलाई खाना, बस्न र दैनिकी चलाउना गाह्रो भैहरेको बेला आफुले आफ्ना घरमा बस्ने सबैलाई कोठा भाडा नलिने प्रतिवद्धता जनाएका छन् ।
घरमा बस्नेहरूलाई घर भित्र बसेर आफु पनि बाँचौ र अरूलाई पनि बचाउन् भन्दै सूचना, समाचार र सन्देशको सहजताका लागि वाईफाई पनि जोडिदिएको भवानी सरा बताउँछिन । सटर भाडाका लिएर सिलाई काटाई गरी दैनिक चलाउने भिम सागर परिवारले भने साँझ बिहान हातमुख जोर्न धौ–धौ भाको बेला घरभेटीले भाडा न लिने कुराले आफु खुशी भएको बताए ।
https://www.youtube.com/watch?v=L8R4K4mgv_8
युग संवाददाता । । १९ चैत्र २०७६, बुधबार १९:५६