२० कक्षको क्वारेन्टाइनसँगै विपन्नलाइ खाद्यान्न दिइने

दुर्गा विसी

सल्यान, १९ चैत ।

सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे विपद् व्यवस्थापन समितिकाे अाज वसेकाे वैठकले अाफ्ना नागरिकको लागि महत्त्वपूर्ण निर्णय गरेको छ । दैवीकप्रकोप विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गाेविन्द कुमार पुनकाे अध्यक्ष्ातामा वसेकाे वैठकले वडा वडामा विपद व्यवस्थापन समितिले अाफ्नाे वडाको अवस्थाकाे वारेमा अपडेट रहन आग्रह गर्नु भएको छ ।वडा अध्यक्षकाे अध्यक्षतामा विपद समिति पनि गठन गरिएको छ ।

विदेश तथा अन्यमुलकबाट आएकाहरुकाे अवस्था समेत के कस्तो छ भनेर वडा स्तरका विपद व्यवस्थापन समितिले तदारुकता देखाउने जनाएको छ ।त्यसै गरि लामाे समयकाे लकडाउनका कारण नगरका विपन्न वर्गको गासकाे जाेहमा समस्या थपिए पछि ४ जनाकाे परिवारलाइ २ हजार र ४ जना भन्दा माथिल्लो संख्या भएका घर परिवारलाई ३ हजार दिने भनिएको छ ।त्यो पनि उसकाे घरपरिवारकाे अवस्था हेरेर वा नियालेर मात्रै राहत स्वरुप उक्त रकम बराबरको खाद्यान्न दिइने भएको छ ।

टाेल टाेलमा काेराेना भाइरस महामारीसग जुध्न र सामाना गर्नका लागि विपद व्यवस्थापन समितिले टड्कारो भुमिका खेल्न समेत नगर प्रमुख पुनकाे विशेष अनुराेध गर्नु भएको छ। नगरकाे वजार क्षेत्रमा किटनाशक औषधि समेत छर्किने जनाएको छ ।त्यसैगरि नगरकाे नजिकै रहेको प्रभाकर माविमा हाललाई २० कक्षको क्वारेन्टाइन तयार गरिने भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनकाे लागि राजनीति दल,वजार व्यवस्थापन समिति,विद्यालयका प्रअ र नगर उप प्रमुख मञ्जु यरिकाे संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।उक्त समितिले क्वारेन्टाइन व्यवस्थापन गर्ने जनाएको छ ।सबै सामान अाइपुगेकोले अाज नै त्यो काम पूरा हुने प्रमुख प्रशासकिय अधिकृत माेहन खड्काले वताउनु भएको छ ।नगरका सबै स्वास्थ्य सँस्थाहरुमा औसधि प्रयाप्त रहेको र अावश्यक औसधि सबै क्षेत्रमा पठाएको समेत खड्काले जनाउनु भएको छ ।

साथै नगरले अाफ्ना नागरिकलाई सुरक्षित साथ घरभित्र वस्न अपिल गरेको छ ।कहि कतै विरामि वा संकास्पद नागरिक विरामि परे हाललाई एम्बुलेन्स नभए पनि दुईवटा गाडि स्टाइनवाइ राख्ने जनाएको छ । नगरका विभिन्न स्थानमा रहेका स्वास्थकर्मीहरुकाे लागि मेडिकल माक्स लगातका उपकरण अाइसकेको जनाएकाे छ । विपद व्यवस्थापन समिति सुरक्षाकर्मी र पत्रकार लगाइतलाइ समेत माक्स वितरण गरिएको थियोे ।

लकडाउनले दैनिक ज्याला मजदुरि गरि खानेलाई मार

सल्यान पश्चिम क्षेत्रमा लकडाउनका कारण ज्याला मजदुरि गरि खानेलाई मार परेको छ । बनगाड कुपिण्डे नगरपालिका विकट र विपन्नताकाे वाहुल्याता भएको क्षेत्र हाे ।यहाँ अधिकास नागरिक विहान वेलुकाकाे छाक टार्न दिनभरि मजदुरिकाे भरपर्ने अवस्था छ ।तर यतिखेर विश्वमा फैलिएको काेराेना महामारी नियन्त्रण का कारण नागरिक घरभित्र लुकेर वसेका छन् । दैनिक दिन नागरिकको जीवन स्तर कष्टकर वन्दै गएको छ । यसकाे सबैभन्दा ठुलो मार यहाँका विपन्न समुदायमा परेको छ ।

दिनभरि काम गरेको ज्यालाले दैनिक विहान वेलुकिकाे छाक टर्थ्यो तर अब दिन काट्न सारै ग्राहो भएको बनगाड कुपिण्डे नगरपालिका वडा,५ निवासी माघे वादीकाे दुखेसो छ । ज्यालादारी काम नभए पछि विहान वेलुका के खाने भन्ने समस्या रहेको उहाँको भनाइ छ । लकडाउनले नागरिककाे गासमा समस्या वनाएको छ । त्यसकाे लागि सरकारि पक्षकाट राहतको अासा गरेका विपन्न वर्ग राेग भन्दा छिट्टै भाेकले मर्ने अवस्था अाएको अर्को विसे वादिकाे भनाइ छ ।

यस्तो समयमा विपन्न वर्गलाई गासकाे लागि सरकारले हेर्नु पर्ने हो तर लकडाउन लम्विदै गर्दा कहि कतैबाट पनि सहयोग नपाउने छाटकाट नदेखिएको स्थानिय अर्को चिने वादिकाे समेत दुखसेा छ ।वजारहरु पुर्न रुपमा बन्द छ फाट्टफुट्ट खुलेका पसलहरु पनि यतिबेला उदाराे रासन दिनान हामी के खाएर बाँच्ने उनिहरुकाे यस्तै दुखेसाे । सल्यान पश्चिमका अधिकास नागरिक राेगसँग सामाना गर्दा गर्दै भाेकले मरिन्छकि भनेर उनिहरु दैनिक चिन्तामा पर्न थालेका छन् ।

अवस्था यहि रहे लकडाउन झनै लम्विने र कहिक्तैबाट राहत खाद्यान्न नपाए झन विकराल अवस्था अाउनेमा उनिहरु चिन्ता गर्न थालेका छन् ।वजार सुनसान छ ।लकडाउन कडा छ ।कामकाज केही छैन,ज्यालादारी गर्न नपाए उनिहरुकाे घरमा चुलाे वल्दैन ।यस्तो अवस्थामा स्थानीय सरकारकाे उनिहरुले निकै अास गरेका छन् ।

तपाईको प्रतिक्रिया