सेनाकाे हेलिकाेप्टरबाट तीन जिल्लामा स्वास्थ्य सामाग्री

सुर्खेत, १८ चैत ।
कर्णाली प्रदेशका अति दुर्गम ३ जिल्लामा स्वास्थ्य सामाग्री पु¥याइएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र उपचारका लागि अति आवश्यक स्वास्थ्य सामाग्री नेपाली सेनाको हेलिकोप्टर मार्फत पु¥याइएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल सहितको टोलीले डोल्पा, हुम्ला र मुगुमा स्वास्थ्य सामाग्री पु¥याएको हो । अन्य जिल्लामा गाडी मार्फत सामाग्री पठाइएको जनाइएको छ ।

डोल्पामा कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला यो रोगको संक्रमण फैलन नदिनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले आवश्यक पिपिई, औषधि र अन्य स्वास्थ्य सामग्री नेपाली सेनाको हेलिकोप्टर मार्फत डोल्पाको दुनै पु¥याएका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमितले विश्वलाई आक्रान्त बनाएको छ । त्यही महामारी सिर्जना गर्ने कोरोना भाइरस कर्णाली प्रदेशमा नफैलियोस भन्ने हेतुले सकेसम्म छिटो जिल्लामा आवश्यक पिपिई, औषधि, उपकरण र स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल आफैले नेपाली सेनाको हेलिकोप्टरबाट तीन जिल्लामा पु¥याएका हुन ।

डोल्पामा सर्जिकल मास्क २ हजार, पिपीई ६० थान, लुज ग्लोबस एकहजार एन नाइन्टी मास्क २५थान,पारा सिटामोल ५ हजार टयाब्लेटस, साधारण मास्क एक हजार थान, गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान, सेनिटाइजर दुई बोतल, क्यानुला २४ नम्बरको २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देबबहादुर बिसीले जानकारी दिए । । स्वास्थ्य सामग्रीहरु ल्याएर डोल्पा पुग्नु भएको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले डोल्पा जिल्ला अस्पतालको निरिक्षण अवलोकन गरेका थिए । निरिक्षण अवलोकनका क्रममा जिल्ला अस्पताल भित्र एक कोठामा बनाइएको आइसोलेशन कक्षको पनि अवलोकन गरेका थिए ।
कोरोना भाइरससँग केही लक्षण मिलेका कारण शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना कर्मचारीहरुलाई सोमवारबाट उक्त आइसोलेशन कक्षमा राखिएको छ । विरामी कर्मचारीहरु मध्ये एक जना यही चैत ८ गते नेपालगञ्जबाट जहाजमा आएका थिए । भने अर्का कर्मचारी एउटै कोठामा बस्ने भएकाले विरामी भएका हुन् ।

ाइसोलेशन कक्षको अवलोकन गरे पछि मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेनडेन्ट सिजन रावल र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग व्यवस्थापनमा चित्त नबुझेकाले आझै आइसोलेशन कक्ष राम्रो बनाउन निर्देशन दिए् । कोरोनाको संक्रमण नफैलिएको बेला त यस प्रकारको कमजोर व्यवस्थापन छ भने संक्रमण बढे के गर्नु होला ? मुख्यमन्त्री र सामाजिक विकास मन्त्री रावलको एउटै प्रश्न थियो । डाक्टर तथा स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीहरु र जनप्रतिनिधिहरु सबैलाई तपाईहरुले के गर्नु भएको छ ?


कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री रावल र मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल परिसर र आइसोलेशन कक्षको अवलोकन पछि डाक्टरहरु सहित स्वास्थ्यकर्मीहरु, प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीहरु र जनप्रतिनिधिहरु सबैलाई गफ भन्दा सबै मिलेर काम गर्न निर्देशन दिदै कोरोनासँग लड्न आवश्यक स्रोत साधनका लागि तत्काल प्रदेश सरकारलाई भन्नुस, खबर गर्नुहोस् तत्काल सम्बोधन हुने बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोल्पा जिल्लाका सबै स्थानीय तहहरुले सके जति प्रयास गरेको, डोल्पाका विभिन्न स्थानमा गरेर १ सय ३२ जना क्वारेन्टाइनमा र २ जना आइसोलेशनमा राखिएको मुख्यमन्त्री र सामाजिक विकास मन्त्री समक्ष जानकारी गराएका थिए । कोरोना भाइरस जस्तो ज्यानमारा रोगको संक्रमण फैलन नदिन र आइसोलेशनमा रहेकाहरुलाई तदारुक्ताका साथ काम गर्न निर्देशन दिदै कामको कार्य विभाजन गर्न र कसैले पालना नगरे तत्काल कारवाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्री शाहीले निर्देशन दिएका थिए ।

जिल्ला अस्पताल डोल्पाका मेडिकल सुपरिटेन्डेन्ट सिजन रावल र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आजैबाट आइसोलेशन कक्षको व्यवस्थापनमा कमी हुने नदिने र अबदेखिका कामहरु प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए । आइसोलेशन कक्षाको व्यवस्थापन गर्ने लगायतका विभिन्न कामका क्रममा भएका विभिन्न काम गर्ने क्रममा एक आपसमा समन्वय नभएको जस्तो गरी एकले अर्कोलाई आरोप प्रत्याआरोप समेत लगाएका थिए ।

सोमवारदेखि आइसोलेशनमा राखिएका २ जना कर्मचारीहरुको घाटीको स्वाब समेत संकलन गरी लगिएको छ । कोरोना भाइरसको संक्रमणको क्रममा आवश्यक तयारी र व्यवस्थापनका लागि जिल्ला विपत व्यवस्थापन समितिमा ५० लाख र जिल्ला अस्पताललाई २५ लाख पठाइएको र आवश्यक परे अरु बजेट समेत विनियोजन गर्न ढिला नहुने मुख्यमन्त्री शाहीले आश्वासन दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार