क्वारेन्टाइनमा राख्नखोज्दा आत्महत्याको प्रयास

अन्नपूर्णपोष्ट अनलाइनबाट साभार
सुर्खेत, १८ चैत ः

शनिबार नेपालगंजबाट १३ जनाको टोली डोल्पाको दुनै सदरमुकाममा पुग्यो । जसमा तीन जना शे–फोक्सुण्डो गाउँपालिका र अरु सबै डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय हुन् । डोल्पोबुद्ध गाउँपालिकाले आफ्नो स्थानीय तहका नागरिकलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि बाँकी शे–फोक्सुण्डो गाउँपालिका ५ की ङाचोक गुरुङसँगै तीन जना महिलालाई जिल्ला सदरमुकामस्थित क्वारेन्टाइनमा राख्ने निधो गरियो ।

तर उनीहरुले क्वारेन्टाइनमा बस्न नै मानेका थिएनन् । अन्तत ः जर्वजस्तत क्वारेन्टाइनमा राख्नखोज्दा उनीहरु रोइकराई गर्दै हात्महत्याको प्रयास गर्न थाले । नेपाली भाषासमेत राम्रोसँग नबुझ्ने तीनै जना महिलाहरु आफुलाई कोरोना नलागेको भन्दै घर जान पाउनुपर्ने दावी गर्न थालेपछि क्वारेन्टाइनमै राख्ने निधो गरियो । तर आफुलाई क्वारेन्टाइनमै राख्न खोजिएपछि ङाचोक गुरुङले नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन् । आफुसँगै आएका साथि सबै घर गए तर हामिलाई मात्र किन रोकियो ? भन्दै उनले भेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेकी थिईन ।

उनीहरुलाई सम्झाउँदै फकाउन थालेपछि रोइकराई गर्न छोडेका थिए । हाल उनीहरु जस्तै क्वारेन्टाइनमा बसेका यहाँका अधिकांश स्थानीयलाई क्वारेन्टाइन आफ्नो स्वास्थ्यका लागि नभइ जेल हो भन्ने सोचाइ छ । कवारेन्टाइनमा राख्दा उनीहरु आफुलाई जर्वजस्ती जेटमा हाल्न खाजेको महसुश गर्दछन् । माथिल्लो डोल्पाका नागरिकले क्वारेन्टाइनलाई जेल भन्ने गर्दछन् । कोरोनाको बिषयमा नबुझ्दा यहाँका नागरिकलाई क्वारेन्टाइनमा बस्नु भन्दा अन्य कुनै सजाय दिए हुन्थ्यो जस्तो लागेको छ ।

गाउँ जादाँ सिफारिस अनिवार्य

कालिकोटको खाँडाचक्र नगरपालिका ७ नम्बर वडाले आफ्नो वडा बाहिरका गाउँ जादाँ अनिवार्य वडाको सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ । अनावश्यक मान्छेलाई गाउँमा आवतजावत गर्न रोक लगाउँदै वडा बहिरका गाउँ जादाँ सिफारिस लिनुपर्ने व्यवस्था गरिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट वडालाई जोगाउने ध्येयले वडा लकडाउन गर्दै महत्वपुर्ण काम बिना वडामा प्रवेश गर्न तथा बाहिर जान पनि रोक लगाईएको वडा अध्यक्ष आदिचन्द्र चौलागाईले बताए । उनका अनुसार गाउँमा पछिल्लो समय कोरोनाको त्रास बढिरहेको छ । ‘भारतबाट आउने मान्छेहरुका कारण गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ । वडामा बाहिरबाट आएका मान्छेको निगरानी पनि गरेका छौँ’ उनले भने, ‘महत्वपुर्ण कामको लागि वडा बाहिरका गाउँ जादँ अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ ।’

स्थानीय युवा सन्तोष मल्लका अनुसार गाउँमा पाहुना आउन पनि रोक लगाएको छ । वडाबाट बाहिर पाहुना जान र आउन रोक लगाईएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

रोग भन्दा भोगको त्रास

मुगुको खत्ययाड गाउँपालिकामा चार वटा गाउँ छन् । तर दैनिक ज्याला मजदुरी गरी खाने यहाँका सर्र्वसाधरणलाई कोरोना भाइरसको रोग भन्दा काम गर्न नपाएर बढ्दै गएको भोगको बढी चिन्ता छ । खत्याड गाउँपालिका—१० को ह्याङ्गलु, डुमाना, सेई र बिना गाउँका तीनसय ६१ घरधुरीले रोग भन्दा भोगको त्रासले परिवारमा चिन्ता बढेको बढाएका हुन् । गाउँलेको कपडा सिलाएर छाक टार्दै आएका ह्याङ्गलुका ४० वर्षीय मनलाल ढोलीले कोरोना भन्दा भोगको त्रासले जितेको बताए ।

उनले भने, ‘नौ जनाको परिवार छ । छिमेकि जिल्ला बाजुराको धुलाचौर र कोल्टिबाट जोहो गरेको खाद्यन्न पनि सकियो । लकडाउनले काम गर्न पाईएको छैन । अब कसरी बिहान बेलुकाको छाक टार्ने ?’ घरमा किनेर ल्याएको खाद्यन्न सकिएपछि लकडाउनको पालना गर्न छोड्ने स्थानीय ३५ वर्षकी माघी रोकायाको भनाइ छ । खत्याड—१० का वडा अध्यक्ष तिलक रावलकन अनुसार गाउँ नजिकै खाद्य बिक्रि केन्द्र छैन । भने स्थानीयले जोहो गरेको खाद्यन्न सकिएपछि लकडाउन नमान्ने आवज उठ्न थालेको हो । खत्याड गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले लकडाउनका कारण खाद्यन्न जोहो गर्न नसक्ने घरपरिवार पहिचान गरी तत्काल खाद्यन्न सहितको राहत प्याकेजको कार्यक्रम रहेको बताए ।

प्रति परिवार एक बोरा चामल

जाजरकोटको नलगाड नगरपालिकाले भूमिहीन र दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरको प्रति परिवारलाई एक बोरा चामल राहत दिने निर्णय गरेको छ । कुनै पनि व्यक्तिलाई भोकै बिरामी हुनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले चामल दिने निर्णय गरिएको हो । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार व्यवसाय गर्दै नागरिकलाई सेवा दिने व्यवसायीलाई एक महिनाको घर भाडा छुट गर्न आग्रह गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

उनका अनुसरा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषमा २१ लाख रकम जम्मा गर्ने निर्णय गरिएको छ । कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी र स्वास्थ्यकर्मीको मनोवल बढाई कोरोना विरुद्धको महाअभियानमा लाग्न प्ररणा दिने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहका अनुसार स्वास्थ्यकर्मीलाई तलबको थप ५० प्रतिशत जोखिम भत्ता र सुरक्षाकर्मीलाई दैनिक दुईसय ५० रुपैया भत्ता दिने पनि निर्णय गरिएको छ । कोरोना भाइरस विरुद्धका अभियान तिब्र रुपमा सञ्चालन भइरहदाँ जिल्लाको जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपालीले वडाका सातसय घरधुरीलाई आफ्नै लगानीमा साबुन बाँडेका छन् ।

https://www.youtube.com/watch?v=cXJ3SK7hxkA

तपाईको प्रतिक्रिया