अनेरास्ववियू नेता अधिकारीद्धारा विपद काेषमा १० हजार

तुलराज पाण्डे

कालिकोट, १७ चैत ।

अनेरास्ववियूका नेता ममता अधिकारीले नेपाल सरकारको कोरोना भाईरस रोकथाम तथा उपचार कोषमा जन्मदिनमा हुने खर्च वापतको १० हजार रकम जम्मा गर्ने भएकी छन्। अनेरास्ववियू मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका नेता तथा छात्रा एकता समाजका अध्यक्ष ममता अधिकारीले आफ्नो जन्म दिनमा साथीभाईहरुलाई जम्मा गरी भिडभाड गर्दे फजुल खर्च गर्नुभन्दा कोरोना भाईरसका विरुद्ध लडिरहेको नेपाल सरकारलाई थप हौसला दिने उद्देश्यले जन्मदिनमा खर्च गरिने रकम मध्य रु.१० हजार नेपाल सरकारलाई दिने निर्णय गरेको विद्यार्थी नेता अधिकारीले वताएकी छन् ।

COVID-19 (कोरोना भाईरस) ले विश्व आक्रान्त वनाईरहेको वेला यसको असर नेपालमा पनि देखिन थालेपछी नागरिकको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन कोरोनावाट पिडित नागरिकलाई उपचार गर्न नेपाल सरकारले चलाएको अभियानलाई हामी सवैले सानो तिनो सहयोगले पनी थप वल पुग्ने र नेपाली नागरिक हुनुको नाताले आफ्नो कर्तव्य पुरा गरेकी हुँ विद्यार्थी नेता अधिकारीले भनिन् ।

केन्द्र, प्रदेश र स्थानिय सरकारहरु कोरोनाको महामारीवाट मुलुकलाई वचाउन र आफ्ना नागरिकको पुर्णरुपमा सुरक्षाका साथ उपचार गर्न विभिन्न क्रियाकलाप गरिरहेका छन् यस्तो जटिल परिस्थितिमा हामी सवै संवेदनशिल हुन पर्छ उनले थपिन् । विद्यार्थी नेता अधिकारीले सामाजिक संजालमा लेखेकी छन् एउटा सानो सहयोग सरकारका लागी, कोरोना भाइरसले निम्त्याएको महामारी अनि महामारी ले निम्त्याएको राष्ट्रिय संकटलाई मोचन गर्नका लागि एक थुकी सुकि सय थुकी नदि भने झैँ हाम्रो सानो सहयोगले कोरोना नियन्त्रणमा सहयोग हुनेछ ।

तपाईको प्रतिक्रिया