नविन सुवेदी
दैलेख, १७ चैत्र ।
दैलेखको चामुण्डाबन्द्रासैनी नगरपालिकाले कोराना भाइरस (कोभिड १९) को संक्रमणलाई लक्षित गरेर ४५ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । वडा नम्बर ३ को चामुण्डा क्याम्पस, वडा नं. ५ को जनता मा.वि बस्तेकोट र वडा नं. ९ को भैरव मा.वि डौसुरमा १५÷१५ वेटको गरेर ४५ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो ।
तीन ठाउँमा निर्माण गरिएको क्वारेन्टाइन कक्षबाट हालको लागि वडा नं.१, २, ३ र ४ को लागि चामुण्डा क्याम्पस र वडा नं. ५ र ६ को लागि जनता मा.वि बस्तेकोट र वडा नं. ७, ८ र ९ को लागि भैरव मा.वि डौसुरलाई तोकिएको नगरपालिकाले जानकारी दिएको छ ।
आवश्यकता आधारमा थप गर्ने निर्णय भएको नगर प्रमुख सुर्यबहादुर शाहीको भनाई छ । साथै क्वारेन्टाइनमा सोमबारबाट नै भारतबाट आएकाहरुलाई राख्ने काम भइरहेको उनको भनाई छ ।
युग संवाददाता । । १७ चैत्र २०७६, सोमबार १९:५८