विपद् कोषमा १२ लाख ५० हजार जम्मा

सुर्खेत, १७ चैत ।

कर्णाली प्रदेश सरकारको विपद् कोषमा सोमबार मात्रै विभिन्न बैंक, सहकारी, सामाजिक संघ संस्थाह?ले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा सोमबार मात्रै १२ लाख ५० हजार रकम जम्मा भएको छ ।

सिटिजन्स बैंक सुर्खेतले ७ लाख, सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले २ लाख, सिद्धार्थ सञ्चार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतले ७५ हजार, लगनशील महिला लघु उद्यमी सहकारी संस्था लि. सुर्खेतले ५० हजार र सिद्धार्थ नेशनल एकेडेमीले २५ हजार गरी जम्मा १२ लाख ५० हजार जम्मा भएको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीको उपस्थितिमा सिटिजन्स बैंकको तर्फवबाट शाखा प्रवन्धक प्रकाश महत, सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्था सुर्खेत, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेत, सिद्धार्थ सञ्चार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेत, लगनशिल महिला लघु उद्यमी सहकारी संस्था सुर्खेत र सिद्धार्थ नेशनल एकेडेमी सुर्खेतको तर्फबाट सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतका सचिव ललित गाहाले आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

यस अघि उक्त कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाखको चेक हस्तान्तरण गरेको थियो भने प्रदेशमा सम्पूर्ण मन्त्री, मुख्यमन्त्रीको सचिवालयका कर्मचारीह?ले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार