कर्मचारी सरुवाको क्यालेण्डर बनाउनुपर्छ

रामबहादुर बुढा गुराँस गाउँपालिका दैलखेका प्रमुख प्रशासकीय अधिकृत हुन् । विस २०२८ असार २८ गते जुम्लाको पाताराशी गाउँपालिका–४ डिल्लीचौर उनको जन्मभएको हो । स्व.वुवा रामलाल र आमा दावासाड्मु बुढाबाट कान्छो सन्तान हुन् । स्वास्थ्य क्षेत्रहुँदै निजामति सेवा प्रवेश गरेका उनले जीवनका सुख, दुख र निजामति सेवाको अनुभव यसरी सा“टे ।
रुखको छहारी नै विद्यालय
ऊबेलागाउँमाभर्खर स्कूलखुलेको थियो । तर विद्यालयको भवन बनेको थिएन । रुखको छहारीमा बसेर अध्ययनगर्नुपथ्र्याे । त्यो २०३६ सालतिरको समय हो । गाउँमै कक्षा३ सम्मअध्ययन गरे । कक्षा ४ देखि७ सम्मभने दुई वटा विद्यालयमाअध्ययन गरँे । जाडो मौसममा सुर्खेतको शिवमाध्यमिकविद्यालय लाटीकोइली र गर्मी मौसममा रिणमोक्छे माध्यमिकविद्यालय डिल्लीचौरमाअध्ययन गरँे । जिल्लास्तरिय परीक्षाका कारण कक्षा ८ माभने डिल्लीचौरमामात्रै अध्ययन गरेँ । कक्षा ९ र १० जन माध्यमिक विद्यालयबाट पुरा गरँे । २०४६ सालमाएसएसलसी उत्तीर्णपछि तत्कालिनवीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट आइए र सुर्खेत क्याम्पस शिक्षाबाट स्नातकोत्तर पुरा गरेको छु । स्नातकतह रात्रीकालिनक समय पढेँ । किनकीविहानको समयमा सीएमएअध्ययनगर्थे । जागिर खान सजिलो र आफ्नो स्वास्थयमापनिकामलाग्ने भएका कारण सीएम पढँे । नभन्दै सीएमएपास गरेको पहिलो वर्षमै अस्यायी जागिर खाने मौका मिल्यो ।

स्वास्थ्य छोडेर प्रशासक
म सुरुमा स्वास्थ्यतर्फको जागिरबाट निजामति सेवामाप्रवेश गरेकको हुँ । तर स्वास्थ्यतर्फमा अघि बढ्न नसक्ने भएपछि लोकसेवा लडेर प्रशासनतर्फ आएँँ । किनकी सीएमएभन्दामाथिल्लो तहमा मैले अध्ययन गरेको थिएँ । विस २०५२ सालमा अहेव पदमा राप्तीपारी (मटैया स्वास्थ्यचौकीबाँकेबाट) जागिर सुरु गरेँ । २०५३ सालमा अहेवको स्थायीपदमा उत्तीर्ण भएँ । करिव डेढवर्ष कालिकोटको खिनाउप–स्वास्थ्यचौकीमाबिताएँ ।  २०५७ सालमानायव सुब्बाभएर जिल्लाप्रशासनकार्यालय कालिकोटमा पुगेँ ।

त्यसपछिलामो समय तत्कालिनजिल्लाविकास समिति सुर्खेतमाबिताएँ । १५ वर्ष ९ महिनाको जिविसमा बसाइपछि जिल्लानिर्वाचनकार्यालय डोल्पापुगेँ । स्थानीयतहको निर्वाचन सम्पन्न गरेर जन्मभूमिपातारासीगाउँपालिका खटिएँ । करिव १४ महिनापछि सुर्खेतको भेरीगंगानगरपालिकामा डेढ वर्ष सेवा गरेँ । दैलेखको ढुङ्गेश्वर गाउँपालिकामाएकवर्ष बिताएपछि पुस महिनादेखि दैलेखकै गुराँस गाउँपालिकाको प्रमुखप्रशासकीयअधिकृतका रुपमाकार्यरत छु ।

मलामी र जन्ती जान नपाउँदाको त्यो क्षण…
जिल्लाविकास समिति सुर्खेतमाहुँदाकुनै समय निकै व्यस्तहुनुपथ्र्याे । आर्थिक वर्षको अन्त्यतिर त रातदिननभनीकामगर्नुपथ्र्याे । त्यो बेलाकतिपयकामलामीजाने फुर्सद पनिभएन । गाउँमाविवाह, भोजभतेर र शुभकार्यमापनि सहभागीहुने मौका मिलेन । जन्ति र मलामीले हाम्रो समाजमा ठूलो अर्थ राख्छ । तर राज्यले तोकेको जिम्मेवारी पूरा गर्नेक्रममाजन्ति र मलामीबाट छुट्नु प¥यो । इमान्दार भएर तोकिएको जिम्मेवारी पुरा गर्दा मैले समाजप्रतिको जिम्मेवारी पूरा गर्न पाइन ।

कर्मचारीले राज्यको आशमात्रै गर्नु हुँदैन
कर्मचारीहरु राष्ट्रको सेवकहुन् । राज्यले निश्चित सेवा सुविधादिएर कर्मचारीलाई खटाउँछ । तर हामीकर्मचारीहरु सधै राज्यबाट मात्रै आशगर्ने तर राज्यप्रतिको दायित्वभूल्दै गएका छौँ । अधिकांशकर्मचारीमा मैले राज्यलाई के दिएभन्ने भावना नै छैन । बरु राज्यबाट मात्रै आशगर्ने प्रवृति छ । राष्ट्रको सेवागर्दा राज्यबाट आशगर्ने कुरा अन्यथाहोइन । तर कर्मचारीले मैले राज्यलाई के दिन सक्छु भनेर सोच्छ जरुरी छ ।

सरुवाको क्यालेण्डर बनाउनुपर्छ
अहिले दुर्गममाकर्मचारीको ठूलो अभाव छ । राज्यका सबै कर्मचारी सुगममै बसेका बसेका छन् । के गरेर हुन्छ कमाइहुने कार्यालय र शहरी क्षेत्र रोज्छन् । तर दुर्गमकाजनताको सेवागर्नु मेरो पनिकर्तव्य हो भन्ने भुल्छन् । परिणामत आज सरुवा बढुवामा ठूलो चलखेल हुन्छ । राजनीतिकपावर हुनेहरु कहिलै दुर्गममापाइला टेक्दैनन् ।
तर जो इमान्दार छ जसको राजनीतिसँगपहुँच छैन । सोझा र इमान्दार कर्मचारी सधै दुर्गममा बसेको छ ।
यस प्रकारको सरुवा बढुवाले ठूलो विकृतिनिम्त्याएको छ । सरुवाकै लागिकर्मचारीले राजनीतिमानजिकिनुपर्ने बाध्यता छ । तर अब सरुवा प्रणालीलाई व्यवस्थितगरिनुपर्छ । कसको कहाँ र कहिले सरुवा बढुवा गर्ने भनेर क्यालेण्डर बनाइनुपर्छ । जबसम्म वैज्ञानिक क्यालेण्डर प्रणालीबाट कर्मचारीको सरुवाहुदैन तबसम्मकर्मचारीतन्त्रका केही नराम्रापक्षहरु हराउँदैनन् ।

बाँच्न सक्ने सुविधा पाउनुपर्छ
कुनै समय १८ सय तलवबाट सुरु गरेको मेरो जागिर अहिले ३५ हजारसम्मपुगेको छ । तर महंगीका कारण चार जनाको परिवार पाल्नमुस्किल पर्छ । राज्यले कर्मचारीलाई सेवा सुविधानदिएको होइन । महंगी कन्ट्रोल हुननसक्दाधौ–धौले परिवार पाल्नुपर्छ ।  गाडीदेखिआवाससम्मको सुविधा छ । उर्जाशिलउमेर राज्यको सेवामाविताउने कर्मचारीलाई परिवार बिरामीपर्दा कहाँ र कसरी उपचार गरौंँ भन्ने चिन्ताबाट मुक्ति पाउनुपर्छ । सरुवाभएर कहाँकतिबेलाजानुपर्ने हो केही टुङ्गो हुँदैन । यो अवस्थामाबालबच्चलाई कहाँ पढाउने भन्ने चिन्ताहुनुहुँदैन । तर कमाउने धन्दामालागेका कर्मचारीलाई भने राज्यले कारबाहीगर्ने सक्ने आँट राख्नुपर्छ । मन्त्रिपरिषद् कार्यालयदेखि, अख्तियारमापुग्ने कर्मचारीले पनि कसरी कमाउन सकिन्छ भन्ने मनोदशापालेर बसेका छन् । परिणामत भ्रष्टाचारले देशनै गाँजेको छ ।


नागरिकलाईदुःखदिने र कमाउने नैतिकआचारण पतनभएकाकर्मचारीहरु बेलाबेलामाअख्तियारको फन्दामा परेका छन् । जसले गर्दा जनतालाई दुःखनदिऔं बरु छिट्टै काम सरेर पठाउँ भन्ने सोच भएकाकर्मचारीको इज्जतमादागलागेको छ । साँच्चिकै भ्रष्टाचार रोक्ने हो भने राज्यकामाथिल्लो निकायदेखि नै सुधार गर्नु आवश्यक छ ।

विकासमा कायापलट गर्ने बजेट स्थानीय तहमा छ
विकासको समानुपातिक प्रणाली लागु गर्न संघीय संरचनाआएको हो । राज्यको पुनःसंरचनासँगगाउँ–गाउँमा सरकार पुगेको छ । सरकार मात्रै होइनप्रशस्त बजेट पनि छ । तर विकासले गतिलिन सकेको छैन । अहिलेका स्थानीयतहमाआएको बजेटले विकासमा कायापलट नै गर्न सकिन्छ ।

तर हाम्राजनप्रतिनिधि र कर्मचारीमाभने विकासका सोच नै छैन । बरु उपभोत्ता समितिदेखि ठेक्कापट्टासम्म मेरो पार्टीले मलाई कमाई खानदिएको भन्ने सोच छ । जनतामापनिविकासप्रति सचेतनापलाउन सकेका छैनन् । जनप्रतिनिधिदेखि उपभोत्ता समितिमा बसेका नागरिकहरुले कमाउने उपयुक्त समय यहीभन्ने सोच राख्छन् । जसले गर्दा विकासले ठूलो फट्को मार्न सकेको छैन । बरु कसरी स्थानीयतहमाआफन्तहरुलाई जागिर खुवाउन सकिन्छ भनेर लागेका छन् ।

आवश्यकताअनुसार ठूलो संख्यामाकर्मचारी मागहुनुपर्ने हो । तर कतिपय स्थानीयजनप्रतिनिधिहरुले कर्मचारीकानाममाआफन्तहरु हुलेका छन् । लोकसेवा समेत पास गर्न नसक्ने कर्मचारीबाट के आशगर्ने ?तसर्थ यो समय देशको मुहार बदल्ने मौका हो । प्रत्येक स्थानीयतहसँगअर्वौ बजेट छ । चाहने हो भने केहीवर्षमै विकासमा ठूलो परिवर्तन गर्न सकिन्छ ।

अनिखुशीले फुरुङ भएँ
मजुम्लाको दुर्गम भेगमाहुर्किएको मान्छे । अहिले पनिहाम्रो पुस्ताले राम्रो सरकारी कार्यालय देखेका छैनन् । एक दिन गाउँबाट मेरा काकाहरु कार्यालयमाआउनु भयो । अभिभावक आएपछि म खुशीथिएँ । उहाँहरुले गुम्बाजाने बाटोको लागि बजेट माग्नआउनु भएको रहेछ । काम सकिएपछि कस्तो राम्रो भन्दै मेरो र कार्यालय प्रशंसा गर्नुभयो । मेरो कारणले उहाँको कामपनि सहजै सम्पन्नभयो । उहाँहरुको सम्मान देखेर म फुरुङ भए । आफ्नै अभिभावकलाई सेवागर्न पाउँदा छाति ठूलो भयो । यो जीवनको सबैभन्दाखुशीको पलथियो । तर कालिकोट रहँदाचामल सकिएर हप्तादिन ढिटो (कनिका)को रोटी खानु प¥यो । लगातार हप्तादिनपानीप¥यो । खाद्यान्नको चामललिने जानपाइएन । रोटीसम्म भए त ठिक्कै थियो । सास बचाउनकै लागिभएपनि रुदैरुदै हप्दादिन ढिडो खाँए । त्यो क्षण जीवनको सबैभन्दादुखद क्षण बन्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार