कोरोना जोखिम रोक्न के गर्दै छ, बराहताल गाउँपालिका : यस्ताे छ तयारी

ओम शाही
सुर्खेत, १६ चैत ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संभावित जोखिम रोक्न पचार–पसार र जनचेतनालाई तीव्र पारिएको बराहताल गाउ“पालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए ।
पालिका भर संभावित उच्च जोखिम न्यूनिकरणका लागि पालिकादेखि वडा र टोल स्तरमा विभिन्न समिति गठन गरेर ती समितिहरुले विभिन्न निकायहरुस“ग समन्वयमा काम गरिरहेको जानकारी दिए । बाहिरबाट आउनेहरुको विशेष निगरानी गर्न र उनीहरुलाई घरबाट बाहिर निस्कन नदिनका लागि परिचालित गरिएको बताए । माइकिङमार्फत सचेतना फैलाउदै आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, नियमित साबुन पानीले हात धुन, भिडभाडमा नजान र बाहिरबाट आएका मानिसहरुस“ग टाढै रहन आग्रह गरेको भन्दै एकआपसमा दुरी कायम गर्नसमेत अनुरोध गरिरहेको बताए ।

पालिकाभर पा“चवटा स्वास्थ्यचौकी र नौ वटा स्वास्थ्य इकाई रहेको र ती स्वास्थ्यचौकीमा औषधी पर्याप्त रहेको तर परिक्षण किट र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्री (पीपीइ) भने अभाव रहेको उल्लेख गरे ।
अहिले घरलाई नै होम क्वारेन्टाइन बनाईएको र आवश्यक परेको खण्डमा विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिने बताए । बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टाइनमा रहन आग्रह गरिएको जानकारी दिए ।

अहिलेसमम्म कोही पनि सम्भावित संक्रमित फेला परेका छैनन् यदि कही त्यस्तो अवस्था आए पालिकाले तुरुन्त त्यसको रेस्क्यु गर्ने बताए । जोखिम न्यूनिकरणका लागि हामी तयारी अवस्थामा छौं यो बेलामा सबैले हातेमालो गरी सरकारले गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गरेर आत्मअनुसाशनमा रहीदिन सबै पालिकाबासीलाई आग्रह गरे । कोही कसैमा सम्भावित लक्षण देखा परेमा त्यसको उद्दारका लागि पालिकाले दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखेको उनले बताए । विशेष अवस्थाबाहेक स्वास्थ्यचौकी नजान घरमै आराम गर्न आग्रह गर्दै स्वास्थ्यसम्बन्धी समस्या आए सबै वडाका वडाध्यक्ष तथा स्वास्थयकर्मीलाई फोन गरेर आवश्यक सल्लाह र एम्बुलेन्स सेवा लिन सकिने बताए । अवस्था हेरेर उनीहरुलाई एम्बुलेन्समार्फत उद्दार गरिने जानकारी गराए ।

यस्तै बड्डीचौर स्वास्थ्यचौकीका प्रमुख राजु बस्नेतले पालिकादेखि वडास्तरमा समिति गठन गरेर प्रचार प्रसार गरिरहेको बताए । बिशेषगरी बाहिरबाट आउने मानिसलाई बढी निगरानीमा राखिएको भन्दै होम क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको जानकारी दिए ।


स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई हात धुन सिकाउनुका साथै कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराउने गरेको समेत उनले जानकारी दिए । सम्भावित जोखिमबाट बच्न स्वास्थ्यकर्मीलाई हाइअलर्ट अवस्थामा राखिएको बताए । पा“चवटा स्वास्थ्यचौकी र नौ वटा सामुदायिक स्वास्थ्य इकाई रहेको बराहतालमा औषधी पर्याप्त भएको तर स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्री (पीपीई) भने अभाव रहेको बताए । पालिकाले खरिद गर्न खोजिरहेको तर बजारमा नपाईएका कारण अभाव रहेको उल्लेख गरे । हामीलाई आवश्यक भनेको ७० सेट हो तर अहिले ३० वटा मात्र उपलब्ध छ उनले भने, । प्रत्येक स्वास्थ्यचौकीमा दुइवटाको दरले वितरणसमेत गरिएको जानकारी दिए ।

कोरोना क्रासका कारण स्वास्थ्यचौकी आउनेको संख्या बढेको भन्दै अहिलेसम्म सामान्य बाहेक त्यस्ता बिरामी नभेटिएको बताए । यसैबीच वडा नं. ४ तरंगाको तयारी चुस्त रहेको वडाध्यक्ष टेकबहादुर कठायतले जानकारी दिए वडा तथा टोल स्तरमा समिति गठन गरेर माइकिङमार्फत जनचेतना फैलाउने कामलाई तीव्र बनाइएको जानकारी दिए । केही दिन यता बाहिरबाट आउने मानिसको संख्या बढेको भन्दै उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

यस्तै बर्दियास“ग सिमाना जोडिएको वडा नं. ३ मा पनि जनचेतनालाई तीव्र पारिएको वडाध्यक्ष दत्तबहादुर बरालले जानकारी दिए । पालिकादेखि वडा र टोल स्तरमा विभिन्न समितिहरु गठन गरेर कोरोना माहामारी फैलन नदिन प्रयास भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार