कोरोना विरुद्ध गम्भिर भएन प्रहरी प्रशासन र स्थानीय सरकार

रामचन्द्र न्यौपाने
डोल्पा, १६ चैत ।
सरकारले लकडाउन घोषणा गरे यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा ५ मा पर्ने करोपगाड नाकाबाट महिला र पुरुष गरेर६ सय २६ जना भित्रिएको ८४ जना बाहिरीएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा प्रवेश गर्ने नाकाको रुपमा रहेको त्रिवेणी बजार फोन नलाग्ने भएकाले पाँच दिनमा कति सर्वसाधारण छिरे भन्ने खवर नआएको प्रहरीले बताएको छ । तर उनीहरु मध्ये एक जनालाई पनि क्वारेन्टाइनमा राखिएको छैन् । सुरक्षित उपकारण बिनानै नाकामा राखिएका हेल्थ डेस्कमा थर्मोमीटरले जाँच गरेर घर पठाइएको छ ।

चैत्र ११ गते देखि नेपालगञ्ज, काठमाण्डौ, पोखरा, सुर्खेत लगायतका शहरबाट जिल्ला भित्रिएका सबै परिवारसँगै रहेकाछन् । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको पुर्व सतर्कताकालागि जिल्ला बाहिरबाट भित्रिएका लाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने हेल्थ डेस्कमा बसेका स्वास्थकर्मीनै बताउँछन् ।
कसैलाई सुरुमै कोरोना भाइरसको लक्षण जस्तै उच्व ज्वरो आउने, छाती दुख्ने जस्ता समस्या देखिएपनि कतिपयलाई चौध दिनको अवधिमा मात्रै देखिने उनीहरुको भनाई छ ।

सुरुमै लक्षण देखिनैलाई ल्याव टेस्ट गेरर आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने र नदेखिएकालाई पनि क्वारेन्टाइनमा राख्नु पर्ने त्रिपुराकोट हेल्थ डेस्कमा बसेका स्वास्थकर्मी शेरबहादुर कठायत बताउँछन् । शहरबाट आएको कुनै ब्यक्तिमा यदि कोरोना संक्रमण भइहालेमा उ सँग सम्पर्कमा आउने सबै ब्यक्तिमा कोरोना सर्नसक्नुका साथै गाउँभरीनै फैलिन सम्भावना उत्तिकै उनको भनाई छ ।

“जिल्ला बाहिरबाट आएका सबैलाई चौध दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने हो, तर त्रिपुरासुन्दरी नगरपालिकाले अझैसम्म पनि क्वारेन्टाइनको व्यवस्थापन नगरेकाले सामान्य जाँच गर्दै पठाउँदै गरेका छौ”कठायतले भने । जाँच गरेर पठाएका सबै खुलस्थ रुपमा परिवारसँगै बसेकाछन् तर पनि स्थानीय सरकार र प्रहरी प्रशासनले चासो नदिएको स्वास्थ्यकर्मीले बताए । शनिवार मात्रै १ सय १८ जना सर्वसाधारणहरु जिल्ला बाहिरबाट भित्रएका छन् । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले वडा नं ८ मा पर्ने कैलाश आधारभुत बिद्यालयमा बनाएको ८ बेडको क्वारेन्टाइनमा कोहि पनि राखिएको छैन् ।

कोरोनाको त्रास सँगै शहर बजारबाट भित्रिएकाहरु सबै परिवारसँग रहेको स्थानीय युवा लेख बुढाले जानकारी दिए । गाउँपालिकाले मास्क सावुन लगायतका सामाग्रीहरु भने बाँडेको उनले बताए । त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि त्रिवेणी नाका र जुम्लाहुँदै आएका कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन् । आएका सबै परिवारसँगै रहेकाछन् । उक्त गाउँपालिकाले हालसम्म पनि क्वारेन्टाइन बनाएको छैन् ।

ठुलिभेरी नगरपालिकाले दुनैमा पाँच वेडको क्वारेन्टाइन तयार पारे पनि अहिलेसम्म एक जना पनि क्वारेन्टाइनमा राखेको छैन् । जिल्ला बाहिरबाट भित्रिएका सबै परिवारसँगै बसेकाछन् । अर्को काइके गाउँपालिकामा पनि जिल्ला बाहिरबाट भित्रिएका सबै परिवारसँगै रहेकाछन् ।

गाउँपालिकाले अहिलेसम्म पनि एक बेडको पनि क्वारेन्टाइन बनाएको छैन् । उपल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाले पनि एक बेडको पनि क्वारेन्टाइन तयार पारेको छैन् । काठमाण्डौ लगायतका शहरबाट आएका सम्पुर्ण सर्वसाधारण धमाधम गाउँतर्फ हिँडेको परिवारसँगै रहेका बताइएको छ । विश्वमा कोरोनाले महामारीको रुप लिइसक्दा समेत डोल्पाका स्थानीय तहले कोरोना भाइरसलाई सहज रुपमा लिएर पूर्व सतर्कताकाका लागि गम्भिर नभएको सरोकारवालाले बताए ।

यता जिल्ला प्रशासन कार्यालयको समन्वयमा सदरमुकाम दुनै स्थित सरस्वती माध्यामिक बिद्यालयमा ३३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । यस अघि बिस बेडको बनाइए पनि मान्छे धेरै भएकाले बडाएर तेत्तिस पु¥याइएको र आवाश्यक परे अझै बडाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिवार मात्र जिल्ला भित्रिएका ठुलिभेरी नगरपालिका, काइके, डोल्पो बुद्ध छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका ३३ जना लाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । शुक्रवारसम्म भित्रिएका कसैलाई पनि क्वारेन्टाइनमा नराखेरै घर पठाइए पनि शनिवार भित्रिएका सबैलाई स्थानीय तह लाई यथाशिघ्रक्वारेन्टाइन तयार पारी राख्न निर्देशन दिएको प्रजिअ सुनारले बताए ।

कर्णाली प्रदेश सरकार जिल्लाका सांसद मन्त्रीहरुको पहलमा १ सय १८ जनालाई शुक्रवारमात्रै जिल्ला पु¥याइएको हो । त्यसैगरी सेनाको इश्वरी बक्स गुल्म सुलिगाडमा बिस बेड र नन्द बक्स गुल्म(घ) मा दुई वेडको क्वारेन्टाइन बनाइएको छ । डोल्पामा सबै गरेर १० ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!