चौकुनेमा एक–घर, एक–साबुन अभियान

सुर्खेत, १५ चैत्र ।
चौकुने गाउँपालिकाले एक घर एक सावुन अभियान सुरु गरेको छ । कोरोना भाईरस (Covid-19) नियन्त्रणका लागि साबुन पानीले मिचिमिचि हात थुन स्थानीय नागरिकलाई सिकाउने उद्देशयले साबुन वितरण गरिएको हो ।

साबुन पानीले हात धुनाले यसमा भएको बोसो डिफर्म (टुक्र्याइ नस्ट) हुने गर्दछ । त्यसै रासायनिक संरचनालाई बुझि चौकुने गाउँपालिकाले चौकुनेका सबै नागरिकलाई साबुन पानीले हात धुन सचेत बनाउने उद्देश्य अनुरुप एक घर एक साबुन र एक शन्देसमुलक पर्चा वितरण अभियान थालेको छ ।

चौकुनेको गुटुबाट शुरु भएको अभियान घाटगाउ, बिजौरा, बेतान र लगाममा गरी चौकुने गाउँपालिकाका १० वटै वडाहरुमा वितरण गरिने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले बताए । भारत तथा अन्य मुलुकबाट गाउँपालिकामा आउने व्यक्तिबाट कोरोनाको संक्रमण हुने अति जोखिम भएकोले उनीहरुलाई १५ दिनसम्म घरमा सुरक्षित वा    Home Quarentine  मा बस्न आग्रह गरेको जानकारी दिए ।

अध्यक्ष शाही चौकुनेका गाउँ–गाउँसम्म आफै पुगेर आफै जनचेतनामुलुक माईकिङ गर्दै जनतालाई सचेत बनाइएको छ । गाउँपालिकाबाट दिने एक चक्की साबुन सम्बन्धित वडा अध्यक्षले आफ्नो वडामा बाँड्ने कार्यक्रम तए गरिएको छ ।

तपाईको प्रतिक्रिया