मुख्यमन्त्री सचिवालयद्धारा विपद कोषमा १ महिनाको पारिश्रमिक

सुर्खेत, १४ चैत्र ।
कोरोना भार्इरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकिय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने भएका छन ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माको समन्वयमा शुक्रवार विहान वसेको स्वकिय सचिवालयको वैठकले १ महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
स्वकिय सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाले आफुले पाउने १ महिनाको पारिश्रमिक रकम कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेमवहादुर सिंहले जानकारी दिनुभयो ।

सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाको १ महिनाको पारिश्रमिकमा सामाजिक सुरक्षा कर कट्टी गरेर प्राप्त हुने रकम १ लाख ९८ हजार आठ सय नव्वे रूपैयाँ कोषमा दाखिला गरिने उहाँले वताउनुभयो ।
मुख्यमन्त्रीको स्वकिय सचिवालयमा राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकी, प्रमुख स्वकिय सचिव खेमवहादुर सिंह (भिजन) र स्वकिय सचिव धर्मराज शाही (सुमन) कार्यरत हुनुहुन्छ ।
विहिवार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले कोरोना भार्इरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्री लगायत सवै मन्त्रीहरूको १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गर्नुको साथै कोषवृद्धिका लागि जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी व्यवसायी र र्इच्छुक व्यक्ति एवं संस्थाहरूलार्इ पनि सहयोगको आव्हान गरेको थियो ।

तपाईको प्रतिक्रिया