सुर्खेत, १४ चैत ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कर्णाली प्रदेशका लागि प्राप्त विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना भाईरस संक्रमणको चेकजाँच, पूर्व सावधानी, स्वास्थ्य चेकजाँचमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा कर्णालीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षण दिएका विरामीहरुका लागि विभिन्न स्वास्थ्य सामाग्री पठाइएको थियो । चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि सर्जिकल मास्क, सेनिटाइजर वितरण गरिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतका स्वकिय सचिव तपेन्द्र विसीले जानकारी दिए ।
गाउँपालिका र नगरपालिकाको सम्बन्धित स्वास्थ्य शाखा प्रमुखमार्फत सम्पूर्ण स्वास्थ्यकर्मीसम्म पुग्ने गरी माक्स वितरण गरिएको स्वस्थ्य राज्यमन्त्रीका स्वकिय सचिव विसीले जानकारी दिए । माक्स प्रत्येक जनतालाई भन्दा पनि कोरोना भाइरस नियन्त्रण र स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि प्राथमिकता साथ वितरण गरिएको जानकारी दिए ।
त्यसैगरी कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका लागि सर्जिकल माक्स ३० हजार पिस, भिटिएम ४० थान, स्प्रे पम्प ५ थान, कोरोना भाईरस टेष्ट ५ पिस, हातेपुस्तिका, ल्यावलेष्ट २० वटा, पिपिइ ५० सेट, आइसाइट ५०, सेनिटाइजर ३० वटा, हेण्डमास्क ९५ को ५० वटा सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्री दल रावलको विशेष पहलमा स्वास्थ्य थप स्वास्थ्य सामाग्रीहरु आउनेक्रम जारी रहेको जनाइएको छ । कर्णाली प्रदेशकै लागि एक ट्रक स्वास्थ्य सामाग्रीहरु आजै (शुक्रबार) काठमाडौंबाट हिडने तयारी भैरहेको स्वकिय सचिव विसीले जानकारी दिए ।
युग संवाददाता । । १४ चैत्र २०७६, शुक्रबार १०:३२