हिन्दु धर्म र बैदिक दर्शन

प्रभुको भाई ः मणिराम सुवेदी
वीनपा ११ गाग्रेताल सुर्खेत
फोन नंं ९८४८१८४१२२
नेपाल ः आर्यब्रत क्षेत्रमा रहेको नेपाल अति शुद्ध पवित्र र सुन्दर ऋिषि, महर्षि, देवर्षिहरुको तपस्थली र भगमानको जन्मभुमि हो । यो विश्वको पावन भूमि हो । यहाँका प्राणीहरु हामी सबै परमात्माको निगरानीमा छौं । यो बुझ्न अति आवश्यक छ । यहाँ परम्परादेखि बैदिक धर्म संस्कारको पालना गरिन्छ । नगरे आफैमा अफाव सिद्ध हुनेमा दुईमत छैन । यो विश्वको उत्तराखण्डमा अवस्थित यस क्षेत्रलाई भरतखण्ड भनिएको छ ।


यो उत्तरमा हिमाल दक्षिणमा हिन्द महासागरसम्म फैलिएको यस भूमिलाई श्रृष्टिकालमै देवताहरुले कर्मभूमिका रुपमा श्रृष्टि गरेका हुन् । यो स्वयम देवताद्धारा निर्मित भएको हो । मनु ।।२।।१९।।
आर्यब्रत देशमा निवास गर्नेः ब्रह्मण,क्षेत्रीय,बैष्य,शूद्र एवम बर्णशंकरहरुले परम्पराद्धारा अपनाईएका आचारहरु कति बैज्ञानिक छन् । यि आचारहरु पालना गर्न योग्य छन् । जो सदा चलि आयो । मनु।।२।।१९।।
विश्वमा सबैभन्दा पवित्र आर्यब्रत देश हो । यस देशमा बस्ने ब्रह्मणहरुको जिवन बैद्धिक शिक्षा एवम आदर्स रुप हुन्छ । यस कारण उनको आचरण विश्वले अनुकरण गर्न योग्य छ । विश्वमा अनुकरणीय भएको हुँदा द्विजहरु सदा आचारवान रहन आवश्यक छ । मनु । २।।२१।।२२।।
यस क्षेत्रलाई कर्मभूमि र समृद्र पारिका देशलाई भोग भूमि भनिएको छ । यस भूमिमा गरिएका शुभा–शुभ कर्मको फल भोग्न बाध्य हुनुपर्दछ । यो लोक वा परलोकमा यो निश्चित हो । यस क्षेत्रभित्रको शासनसक्ता संचालन गर्दा परमात्माको धार्मिक संविधान वेदमार्गलाई मध्यनजर गरि संचालन गर्ने धार्मिक परम्परा छ । किनकि जिवात्मा प्रकृतिको अधिनम, प्रकृति जिवात्मा परमात्माको अधिनमा र जिवात्मा र प्रकृति परमात्माको नियन्त्रणमा रहेको हुँदा वैदिक दर्शनको मर्म अनुसार राज्य व्यवस्था संचालन हुन अत्यान्त आवश्यक छ । यसबाट सबैको कल्याण हुने कुरामा दुईमत छैन ।

वेद ः विश्व ब्रह्माडको धार्मिक संविधान हो । वेदमार्गलाई बैदिक सनातन धर्म भनिएको छ । वेद विश्व ब्रह्माडलाई संचालन गर्न भगमानका हृदयबाट श्वासद्धारा प्रकट भएको साक्षत भगमानकै स्वरुप हो वेद । वेद, गिता, भागवतका वचन भगवानकै वाणि हुन् । परमात्माको उपदेशलाई पालन गर्नाले सबैको कल्याण हुन्छ । यदि पालन गर्दैनौ भने हाम्रै क्षेति हुन्छ । त्यस कारण सबका मालिक भगवान श्री कृष्णको नाम जपौ सबैको कल्याण हुने छ ।

वैदिक संस्कार ः ब्रह्मण, क्षेत्रीय, बैश्य आदीको सरिर पवित्रका लागि वैदिक विधानले गर्भाधान, जातकर्म, नामाकरण आदि सबै सस्कारहरु गर्नुपर्दछ । मनु ।।२।।२८।।
जसले शरिर, मन, बुद्धि र आत्मालाई उत्तम बनाउछ, त्यसैलाई संस्कार भन्दछन् ।

संस्कार ः गर्भाधान, पुंसवन,सिमन्तन्नयन,जातकर्म,नामाकरण,अन्नप्रसान,निष्र्कमण,चुडाकर्म,कर्णवेद, उपनयन, वेदविद्यारम्भ, समावर्तन,बिबाह,बानाप्रस्त,सन्यास,अन्त्यष्टि आदि यि १६ संस्कारहरु हुन । यि वैदिक विधिद्धारा गरिन्छ । यि संस्कार कर्म गर्नाले सबैको कल्याण हुनेछ । मानव शरिरको रचना स्त्रीको रज र पुरुषको विजद्धारा उत्पन्न भएका दोषहरु गर्भशुद्धि कारक हवन चुडाकर्म योग्योपवित संस्कार कर्मले नष्ट गर्दछ । मनु ।।२।।२९।।
संस्कारित बालबालिकाहरु भविष्यमा धर्मिक, ज्ञानि, विवेकशिल, मर्यादापालक पुत्रुभक्त देशभक्त भविष्यका कुसल नागरिक बन्दछन् । तर संस्कार हिन बालबालिकाहरु भविष्यमा पमोगुणी, कुर्र स्वभाववाला ज्ञान विवेक रहित नास्तिक देशद्रोही, गौ ब्रह्मण, सन्तका निन्दक, आदी स्वाभाववाला बन्दछन् । यसै कारण वैदिक शिक्षा र संस्कारको ठुलो महत्व छ । यस संस्कारमा बहुमुल्य बैज्ञानिक गुणहरु लुकेका छन । वैदिक धर्मको संसारमा ठुलो भुमिका छ । यो पवित्र देशको प्रमुख धर्म वैदिक सनातन हो । यो विश्वको कल्याणकारी मार्ग हो । वेदमार्ग श्रृष्टिकालदेखि सुरु भएको हो । अहिले एक अरब पन्चानब्वे करोड बर्ष भयो । यो विश्वको सर्वश्रेष्ठ धर्म हो । यसको आचरणले विश्वको कल्याण हुन्छ ।

नारी ः नारीहरुपनि बिबाह पहिले गुरुकुलमा रहेर विद्याअध्यायन गर्न र विहान वेलुका होम गर्ने अधिकार छ । स्त्रीलाई पनि पुरुष सरह सोह्र संस्कार कर्म गर्नुपर्दछ । मनु ।।२।।६९,७०।।
वेद पाठको अधिकार भएका दुई जाति (ब्रह्मण, क्षेत्री, बैश्य आदीले विहान वेलुका सन्ध्या बन्धन गर्नुपर्दछ । गर्दैनन् भने उनीहरु साधु समाजमा निन्दकका पात्र हुन्छन् । वर्णानुसार आफ्नो कर्म कर्तव्यलाई पालन गर्नाले कल्याण हुन्छ । मनुष्य जीवन सार्थक बन्दछ । धर्म छोडे परमात्माबाट दण्ड मिल्दछ । जस्तै ः कोरोना भाईसर पनि दैविय दण्ड हो, यो अवस्थामा भगवान श्री कृष्णको नाम जप्ने गर्नाले सबैको कल्याण हुने छ ।
उपनयन संस्कार ः ब्रह्मण बालकलाई आठ वर्षमा क्षेत्रीय बालकलाई ११ वर्षमा बैश्य बालकलाई १२ वर्षमा योग्यपवित संस्कार कर्म गर्ने विधान छ । यदि क्रमस १६,२२, २४ वर्ष सम्म योग्योपवित कर्म नगरे तिनिहरुको गायत्री जपको अधिकार हराउछ । गायत्री जपले मन, वचन, बुद्धि पवित्र, आरोग्य र अन्त्यमा उक्तम गति दिलाउछ ।
।।मनु।।२।।२९।।

पुजापाठ ः वैदिक ग्रन्थको अध्ययन सत्य बोलाई ब्रत पुजा, पाठ र यज्ञ गर्नाले शरिर ब्रह्म प्राप्तिका लागि योग्य हुन्छ । केवल वैदिक कर्म संस्कारद्धारा नै परमात्मा प्राप्तिको सरल उपाय हो ।

वैदिक कर्मको महत्व ः आर्यब्रत क्षेत्रको उत्तराखण्डमा अति सार्गभिक शुद्ध पवित्र र सुन्दर यो मेरो देश विश्वको रिमोड यन्त्र हो नेपाल । किनकि यहा गरिएका शुभा शुभ कर्मले विश्वलाई प्रभाव पार्दछ । यस कारण रिमोड भनिएको हो । नेपालमा वैदिक विधिले गरिने यज्ञ, होम, स्वाह सोधाबाट उत्पन्न भएको धुवा अति शक्ति शालि र बैज्ञानिक चमत्कारले युक्त हुन्छ । यो धुवा वायुमण्डमा जानासाथ वायुमण्डललाई शुद्ध गरिदिन्छ । वायु मण्डलमा वायुसंग मिलेको धुवा जुन देशमा पुग्छ त्याहाको वायुमण्डल शुद्ध गरिदिन्छ । यसले सुर्यका किरणद्धारा प्राणिहरुमा पर्ने असरलाई पनि नियन्त्रण गरिदिनछ यति मात्र होईन यज्ञद्धारा प्रकट भएको धुवामा वर्षा गराउने आकर्षण शक्ति हुन्छ । यो वैदिक सनातन धर्म शक्तिशालि धर्म हो । यो धर्मको विधिले विश्वको कल्याण हुन्छ ।
जब देशका विभिन्न भागमा बैदिक कर्मसंस्कारले यज्ञ यज्ञादी स्वाह सोधा संचालन हुन्छन् तव तव वर्षाको सुरु हुन्छ । वर्षादबाट सबैको कल्याण हुन्छ । यसै विषयलाई भगवान श्री कृष्णले आज्ञा भएको छ ।
जन्मन्छन अन्नले प्राणि, अन्न उम्रन्छ बृष्टिले ।।
यज्ञले बृष्टि वर्षन्छ, यज्ञ चल्दछ कर्मले ।।
वैदिक गतिविधिमा वेदमार्गको ठुलो महत्व र प्रभाव लुकेको छ । विश्वकै हितका लागि पनि नेपालमा वैदिक धर्म कर्म र संस्कारको आचरण पालन गर्न अत्यान्तै आवश्यक छ । यस विषयलाई नेपाल सरकार र नेपालीहरुले गरिएर विचार गर्नुपर्दछ । वेद धर्मको संरक्षक स्वयम परमात्मा हुनुहुन्छ । यसको पालन गर्नाले दैविय प्रकोपहरु सान्त हुदै जान्छन् ।

प्रकृति ः प्रकृति भनेको जल, तेज, वायु, आकास र पृृथ्वि हुन । यी सबै पमात्माका शक्ति हुन । आर्यब्रत क्षेत्र देव कर्मभुमि भएको हुनाले यस भूमिमा सदा सदकर्म नै हुनुपर्ने यो भुमिको विशेषता छ । सदकर्मको स्रोत केवल वेदमार्ग परमात्माको प्यारो मार्ग हो । जव जव वेद मार्गमा बाधा व्यवधान सिर्जना हुन्छ । तव तव प्रकृतिद्धारा मनुष्यलाई परमात्माले दण्ड दिनुहुन्छ ।

दण्ड ः अति गर्मि, अति ठण्डी, अति बृष्टि, अनाबृष्टि, भुकम्प, आधीतुफान, बाढी पहिरो, महामारी, अति हिपात, बज्रपात आदी सबै प्रकृतिक मार हुन् । आव विश्वमा फैलिएको कोरोना भाईरस विश्वलाई चेतावनीको रुपमा यो दैविय दण्ड हो । जुन धर्मले विश्वकै कल्याण गर्दछ, जुन भुमिको स्पर्शले विश्वको कल्याण हुन्छ । आज त्यहि धर्मनिरपेक्ष, त्यहि भुमिको अपमान भएको छ । जवसम्म नेपाल धर्मभुमिका रुपमा स्थापित हुदैन तवसम्म दैविय संकट र प्रकोप नेपाल लगायत विश्वमै शान्त हुने छैन । सिरको वेथालाई पैतालामा औषधी गरेर निको हुन्छ त ? यस कारण तुरुन्त नेपाललाई धर्म सापेक्ष देश घोषणा गर्नु पर्दछ ।

उपाय ः प्रकृतिक संकट तथा दैविय प्रकोपबाट बच्ने उपायहरु यस प्रकार छन् । यी रामबाण हुन ।
१. नेपाललाई तत्काल पुनः धर्मसापेक्ष देश घोषणा गर्नुपर्दछ ।
२. नेपालमा वैदिक धर्मको व्यापक प्रचार प्रसार र विदेशी धर्म प्रचारमा रोक, वेद धर्म संस्कारको पालन गर्नुपर्दछ ।
३. श्रीमत भागवत गिता, श्रीमत भागमतको अध्ययन अभ्यास, मनन र भगवान श्री कृष्णको भक्तिमा ठुलो शक्ति छ, यसबाट नेपाली र विश्वजगतकै कल्याण एवम् दैविय संकटहरु समाधान पाउने छन् । यो रामवाण हो
४. नेपालमा तुरुन्त हत्या, हिंसा, पशुवलि आदी बन्द गरिनु पर्दछ । यसबाट सबैको कल्याण हुने छ ।
५. नेपालमा प्रारम्भिक तह देखि उच्च शिक्षा सम्म संस्कृत एवम नैतिक शिक्षा पाठ्यक्रममा समाबेश गरिनु पर्दछ ।
६. देशमा निष्पक्ष र निश्वार्थ भावले तिव्र गतिमा विकास हुनु पर्दछ । यस कामबाट देशबासीमा सरकारप्रतिको सकारात्मक सोचको विकास हुने छ ।
७. गौमातालाई ः गाईहरु राष्ट्रका लक्षिन हुन्, देश संरक्षणमा यिनको ठुलो भुमिका छ । यिनको संरक्षण गर्नाले देशको उत्तर–उत्तर प्रगति हुने छ । दैविय संकटहरु शान्त हुनेछन् । गाईको अनादर भएमा देशमा विपत्तिले वास गर्ने छ । यो ध्रुव सत्य हो ।
८.केवल अन्य उपायले मात्र यो दैविय समस्या शान्त हुने छैन यो प्रयास मात्र हो यसको मुल कारण त वैदिक धर्मको तिरस्कार अन्याय, अत्याचार भ्रष्टाचा, हत्या, हिंसा आदी अपराधको दण्ड स्वरुप मानव जतिलाई दैवले दिएको दण्ड हो । उपरोक्त लेखिएका बुदाहरुको पहिला कार्यन्वयन गरेर मात्र अन्य उपाय अपनाउन उपयुक्त हुने छ । अन्यथा दैवको लाठी रोकीने छैन ।

तपाईको प्रतिक्रिया