आक्रामक बन्दै जिल्ला प्रशासन, अटेर गरे बल प्रयोग गरिने

ओम शाही
सुर्खेत

विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको त्रासका कारण नेपाल सरकारले गरेको नेपाल लकडाउनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान बनेको छ । बजार तथा यातायात पूर्णरुपमा बन्द छन् । फाटफुट रुपमा मोटरसाइकल बाहेक अन्य कुनै पनि लामो तथा छोटो दुरीका गाडीहरु चलेका छैनन् ।  मानिसहरुको आवजावत भने रोकिन सकेको छैन् । दर्जनौ अटेर गर्ने मोटरसाइकललाई प्रहरीले कारवाही गरेको छ ।

वीरेन्द्रनगर बजार क्षेत्रका प्रमुख चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कोरोना सम्बन्धि सचेतना फैलाउदै घरबाट ननिस्कन अनुरोध गर्दै कोही कसैमा संकास्पद लक्षणहरु देखा परे यथासिघ्र सम्बन्धित निकायमा खबर गर्न आग्रहसहित माइकिङ्ग गरिरहेको छ । कोरोना भित्रन सक्ने भन्दै सावधानीका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमन तीव्र बनाएको छ । कोरोना भित्रन नदिन सरकारले चालेको कदमलाई पूर्ण पालना गराउदै थप सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले युगआह्वानसँग भने, अहिले सवारी सनधन र व्यक्तिहरु घरभित्रै बस्नुपर्ने अवस्था हो ।

हामी ले यसका लागि प्रयाप्त रुपमा प्रहरीहरु परिचालन गर्नेदेखि यहाँको व्यवस्थापन गरिराखेका छौं । स्वयम हामी प्रमुख जिल्ला अधिकारी, एसपीसापहरु पनि फिल्डमा आएर अनुगमन गरिरहेका छौं, भन्दै हाम्रो अपेक्षा जनता आफैले पनि बुझेर आत्म अनुसाशनमा बसिदिन आग्रह गरे । यसको कडा कार्यान्वयन र कानूनी कारवाही हुने बताए ।

लकडाउन भर्खर सुरु भएकाले मानिसहरु छिटपुट आइरहेका छन् अब हामी यसलाई रोक्नका लागि कडा कदम चाल्ने उल्लेख गरे । अहिले फाटफुटरुपमा चलिरहेका सवारी साधन र मानिसहरुको आवागमन ११ बजेबाट पूर्णरुपमा बन्द गरिने बताए । घरमै आराम गर्नुस् आधिकारीक समाचारहरु पढ्नुस् र आफ्नो स्वास्थ्यमा ध्यान दिनुस् भन्दै न्यौपानेले यो विसम परिस्थितीमा अटेर नगर्न सबैमा आग्रह गरे ।

कोरोनाको सवाल सरकारको मात्र नभई आम जनमानसको स्वास्थ्यसँग सम्बन्धित रहेकाले सबै सचेत रहनु पर्ने बताउदै अटेर गरे बल प्रयोग गर्नेसमेत बताए । फान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिए पछि सरकारले संक्रमण फैलन नदिन मंगबार बिहान ६ बजेदेखि अत्यावश्यक सेवामा स्वास्थ्य र सुरक्षा क्षेत्र बाहेक अन्य सबैलाई चैत १८ गतेसम्म घरभित्रै रहन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!