ताजा खबर
  

बाढी पिडितलाई माक्स वितरण

सुर्खेत : वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई माक्स वितरण गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघका सचिव तथा कर्णाली मल प्रालिका सञ्चालक रामप्रसाद पाण्डेले माक्स वितरण गरेका हुन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई ध्यानमा राखेर वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घर बाढीपीडित परिवारलाई माक्स वितरण गरेका हुन् । सोमबार माक्स वितरण गर्दै पाण्डेले कोरोना संक्रमण फैलन नदिन सबैले अआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।


माक्स वितरण पनि बाढीपीडितहरू खुसी भएका छन् भने पाण्डेले पीडित परिवारलाई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेका छन् । कोरोना भाइरसको बारेमा समेत जनचेतना फैलाउँदै उनले बिरामी भएमा स्वास्थ्य संस्थामा गएर उपचार गराउन समेत आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार