कोरोना प्रभाव : डोल्पाका बजारमा महंगि बड्यो, उपभोक्ता मारमा

रामचन्द्र न्यौपाने

डोल्पा : हिमाली जिल्ला डोल्पामा दैनिक उपाभोग्य सामाग्रिको मुल्य बढ्दै गएको छ । कोराना भाइरसका कारण नाका बन्द भएर खाद्ययान आपुर्ति कम भएको भन्दै ब्यापारीहरुले उपभोग्य सामाग्रिमा अघिपछिको मुल्य भन्दा दुई देखि तीनसय सम्म धेरै रकम अशुल्ने गरेको पाईएको छ ।

आईतबार र सोमबार लगातार दुई दिन डोल्पाका मुख्य बजारको रुपमा रहेका सदरमुकाम दुनै र त्रिपुराकोट बजारको अनुगमन गरिएको थियो । आइतबार दुनैका एघार वटा पसल अनुगमन गरिएको थियो । भनेसोमबार दिउसो पनि त्रिपुराकोट बजार पनि अनुगमन गरिएको छ ।
ब्यापारीहरुले अनुगमनकर्ता लाई सामानको मुल्य नबडाएको बताए पनि ग्राहकहरुलाई भने प्रत्येक सामानमा मुल्य बडाएर बेच्ने गरेकाहुन् । त्रिपुराकोट बजारमा अघिपछि सोह्र सय मुल्यमा बेच्ने गरेको खाने तेललाई दुई हजारसम्म, अघिपछि दुई हजार पर्ने चामललाई तेइससय सम्ममा बेच्ने गरेको ग्रामिण बस्तीबाट सामान किन्न बजार पुगेका ग्राहकहरुले गुनासो गरे ।

“त्रिपुराकोटका अधिकाशं व्यपारीहरु खाने तेल छैन भन्छन्, उन्नाइस सय देखि दुई हजारसम्म पैसा दिने हो भने एक कार्टुन छ लैजानुस भन्छन्, व्यपारीहरुले नै कृतिम अभाव सिर्जन गरेजस्तो लाग्छ” बजारमा भेटिएका एक ग्राहक ले भने । “ब्यापारीले सामान मौज्दात राखेर पनि सामानको मुल्य बडाउँदा उपभोक्ताहरु मारमा परेकाछन्, यसको पनि विशेष रुपमा गोप्य अनुगमन हुनुपर्छ” उनले थपे ।

कोरोना भाइरसका कारण नाका बन्द भएकाले तलैबाट सामान महंगिएको व्यपारीहरुले बताउने गरेको उपभोक्ताहरुले बताए । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधि गोरख बहादुर शाही, त्रिपुरासुन्दरी नगरपालिकाका उप–प्रमुख चन्द्राकुमारी बुढा, नगरका कर्मचारी रमेश रावत, सुरक्षाकर्मी, पत्रकार सहितको टोलीले त्रिपुराकोट बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले पसलमा म्याद गुज्रेका सामान, दैनिक उपभोग्य सामाग्रिको मुल्य, मुल्यसुचि, व्यवसाय दर्ता लगाएतका कुराको चेकजाँच गरेको थियो । करिब दुई दर्जन पसलमा गरिएको अनुगमनमा अधिकाशं पेय पदार्थहरु म्याद गुज्रेको पाइएको हो । चाउचाउ,मसला लगाएतका सामाग्रिहरु म्याद गुज्रेको पाइएकोछ । म्याद गुग्रेका सामाग्रिहरु बरामत गरी नष्ट गरिएको अनुमगन टोलीले जानकारी दिएको छ ।
अनुगमनका क्रममा अधिकाशं पसलले मुल्य सुची समेत टाँस नगरि समान बिक्रि वितरण गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा अघिकाशं ब्यापारीको गोदमा जाँच गर्दा पर्याप्त खाद्यान्न भण्डारण गरि राखेको पाइएको समेत अनुगमन टोलीले जनाएको छ । डोल्पामा रुकुम,जाजरकोट,नेपालगञ्ज,दाङ लगाएतका जिल्लाबाट दैनिक उपाभोग्य सामाग्रि ढुवानी हुने गर्दछ ।

तपाईको प्रतिक्रिया