तीनसय विद्यार्थी फर्काउन ३० लाख रकम

रामचन्द्र न्यौपाने

डोल्पा : डोल्पाको एक गाउँपालिकाले तराइका जिल्लामा पढ्न गएका विविद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको छ । काइके गाउँ कार्यपालिको आपतकालिन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब तीन सय विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो ।

देशव्यापि रुपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाण्डौ, पोखरा, सुर्खेत लगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनिहरुलाई फर्काउनका लागि बैठक बाट ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अंगत रानाले जानकारी दिए ।

आफु बसेको ठाउँबाट हवाइजहाज वा गाडि जुनसुकै सवारीसाधन बाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले ब्यहोर्ने  उनले बताए । विद्यार्थीका लागि छुट्याईएको तीस लाख रकमबाट मास्क, स्यानिटाइजर र सावुन खरिद गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया