टी–ट्वान्टी विश्वकपमा ‘रिजर्भ डे’ राख्ने तयारी

यसै वर्ष हुने तय भएको आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा ‘रिजर्भ डे’ राख्ने तयारी गरिएको छ । क्रिकेट अष्ट्रेलियाले यस वर्षको अन्तिममा हुने टी ट्वान्टी विश्वकपमा ‘रिजर्भ डे’ राख्न प्रस्ताब गर्ने तयारी गरेको हो ।

यसअघि, महिला टी ट्वान्टी विश्वकपको नकआउट चरणमा ’रिजर्भ डे’ नराखिएको कारण ठुलो आलोचना भएको थियो । केहि हप्ता अघि सम्पन्न महिला टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा भारत र इंग्ल्याण्डको खेल वर्षाले प्रभावित भएको थियो । र, समुह चरणको नतिजाको आधारमा नखेलेरै भारत फाइनल प्रवेश गरेको थियो । त्यसको विश्वभर आलोचना भएको थियो ।

पुरुष टी ट्वान्टी विश्वकप १८ अक्टोबरबाट सुरु हुँदै छ । सार्वजनिक भएको खेल तालिकामा फाइनल अघि कुनै ’रिजर्भ डे’ राखिएको छैन । महिला विश्वकपमा ठुलो आलोचना खेपेको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आउने बैठकमा यसबारे छलफल गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!