जुम्ला ‘लकडाउन’

सुर्खेत : कोरोनाको त्रासका कारण आजदेखि जुम्ला ‘लकडाउन’ गरिने भएको हो । आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले भोलीदेखि १६ गतेसम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन ।

लकडाउन अवधिभर अत्याआबश्यक काम बाहेक बजारमा घुमफिर गर्न पाइने छैन भने गाउँमा पनि भोजभतेर सभा सम्मेलन जस्ता कुनै पनि कार्यक्रम गर्न गर्न पाईने छैन् । बैठकले १ सय बेड क्षमताको क्वारेन्टाइन समेत निर्माण गर्ने निर्णय गरेको छ । जुम्ला बहुमुखी क्याम्पसमा एक सय बेडको क्वारेन्टाईन राख्ने निर्णय बञ्जाडेले जानकारी दिइन । आईतबारदेखि जुम्ला विमानस्थल तथा जिल्लाको सिमाना (नाग्मा) मा हेल्थडेक्स स्थापना स्थापना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया