कोरोनाभाइरस कुन सामानमा कति बाँच्छ ?

काठमाडौं : विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् ।

यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने आदि छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ । कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ ।

श्वासप्रश्वास सम्बन्धी अन्य रोगमा जस्तै कोभिड–१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ । मानिसले एकपटक खोक्दा लगभग तीनहजार थोपा निस्कन्छ ।  यी थोपाहरू अन्य मानिस वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छन् र केही साना थोपा हावामै रहन पनि सक्छन् ।
मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ । सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड–१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन् ।

तर कोभिड–१९ लगाउने क्ब्च्क्(ऋयख्(द्द नामक भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा स्पस्ट भएको छैन । अन्य कोरोनाभाइरसमाथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ । जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन् ।
हावामा तीन घन्टा, कागजमा २४ घन्टा र प्लास्टिक स्टिलमा २/३ दिन बाँच्नेयूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा क्ब्च्क्(ऋयख्(द्द कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ ।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययनको निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ ।
तर सो अध्ययनले क्ब्च्क्(ऋयख्(द्द भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २/३ दिनसम्म जीवित रहने देखाएको छ । यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ ।

तामामा चार घन्टासम्म बाँच्ने

अध्ययनकर्ताका अनुसार तामाको सतहमा भने ती भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ । तर सजिलै उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२÷७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ ।

बढी तापक्रम भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्ने बताइएको छ । कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको संख्यामा हुन्छ । लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन ।

तपाईको प्रतिक्रिया