काँग्रेसद्वारा क्रियाशील सदस्यता वितरण स्थगित

काठमाडौं : काठमाडौं । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ । काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो ।

शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ । काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो ।


पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए । उनका अनुसार सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार