बसले अटाे रिक्सालाई ठक्कर दिदा चार घाइते एकको अवस्था गम्भीर

सुर्खेत : बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ४ हटलाईन सडकको प्रदेश अस्पताल गेट नजिकै अटो रिक्सालाई बसले ठक्कर दिएको हो ।। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

ना २ ख ६८२३ नम्बरका बस चालक डुङ्गेश्वर गाउँपालिकाका डम्बर डाँगीले भे १ ह ३७२० नम्बरको अटो चालक दैलेख महावु गाउँपालिका चक्रबहादुर शाहीलाई ठक्कर दिएपछि घटना घटेको प्रहरीले जनाएको छ । बस चालक डम्बर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अटोमा सवार बर्दिया बाँसगढी नगरपालिका–५ बस्ने २१ बर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक घाइते भएका छन् । नन्दाको अवस्था भने गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया