मृत्यु दावी रकम हस्तान्तरण

सुर्खेत  : प्राइम लाइफ ईन्सोरेन्स मेहेलकुना सुर्खेतले शुक्रबार मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।

सिम्ता गाउँपालिका ९ खानिखोला बस्ने चन्द्रबहादुर खत्री को मृत्यु भएको हुँदा उनको श्रीमती तुल्सा खत्रीलाई एक लाख २२ हजार आठसय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।


उक्त चेक शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र ९ का जनप्रतिनिधि डिला गिरीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ ।

शाखा प्रमुख ध्रुवप्रसाद शर्माले बिमाको महत्वको बारेमा जानकारी दिएका थिए भने गिरीले गाउँ–गाउँ मा आएर बिमाले राहत दिएको खुसीको अनुभुति गर्दै सबैलाई बिमा गर्न समेत आग्रह गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार