कथा : मेसिन खटखट…

अचानक विनोद परियार आफ्नो विदेश बसाइँलाई स्थगित गरेर घर फर्किन लागेको सुनी सबै साथीभाइहरू अचम्मित भए । सबैले प्रश्न तेर्स्याए, आखिर काम पनि ठीकै छ,तलब पनि राम्रै छ, खान, बस्न सुविधा छ किन फर्किनु पर्यो घर, त्यस्तो के पर्यो ?

विनोदले भने, ‘हेर चारैतिर फैलिरहेको कोरोनाले मान्छेहरूलाई त्राही त्राही बनाएको छ । आफ्नो देशमा पनि यो संकट नहोला भन्न सकिन्न । यो समयमा त म आफ्नो देशमा गएर आफ्नै पेशा सुरू गर्छु, अब बस्दिनँ म यहाँ ।’ उसको कुरा सुनेर सबैले जिल्याएका थिए ।

‘अहो…..त्यस्तो के नै उन्नति गर्ने विचार छ ? त्यही मेसिन खटखट पार्ने काम त होला नि ? जाबो त्यति सिलाइको कामले कत्ति नै कमाउँछस् ?’ साथीहरूको कुरालाई ध्यान नदिइ उसले राजीनामा दियो । केही दिनपछि कन्फर्मेसन लेटर पनि आयो ।

ऊ घर जान तयार भयो। यत्ति दिनभित्र उसले साथीहरूको अनेकौं वचन खप्यो । विनोदको हिँड्ने दिन आया । सबै साथीहरूले धेरै दुर्वचनको साथ नै बिदाइ गरे । उसले ती सब मनमै लिएर गयो । देशमा हल्ला चलिरहेको थियो कोरोना भाइरसको । बजारमा मास्कको कालो बजारी सुरू भइसकेको थियो ।


विनोद घर पुगेर आफ्नो बुवासँग मास्क उत्पादन गरेर बजारमा सप्लाइ गर्ने विचारमा लाग्यो र बाबुरछोरा भएर मास्क उत्पादनको तयारीमा धमाधम लागे । मान्छेहरू मास्कको बढ्दो भाउले आजित भइरहेकाबेला उसले मास्क उत्पादन सुरू गर्यो । विनोदले मास्क सस्तो शुलभ दाममा विक्री गरे । सबैमा मास्कको पूर्तिले ठूलो राहत मिल्यो । गाउँरसमाज सबैबाट विनोदले स्याबासी पाए अनि उसको आयस्रोत पनि राम्रै हुन थालेको थियो ।

यत्तिकैबीचमा आफूसँगै काम गरिरहेका साथीहरू पनि कोरोनाको त्रासले सधैंको लागि बिदा पाएर स्वदेश फर्किए । उनीहरूलाई चिन्ता थियो ‘अब गाउँ गएर फेरि बेरोजगारी हुने भइयो भनेर ।’ जब स्वदेश फर्किए उनीहरू दंग परे । उनीहरू विनोदलाई भेट्न जाँदा उसको उन्नति, प्रगति देखेर । सम्झिए आफुहरूले उसलाई ब्यंग्यबाण गरेका शब्दहरू ।

जब भेटे साथीहरूलाई । त्यो समय विनोदले उनीहरूलाई गज्जबले जवाफ दिए, ‘भन्दैथियौ नि त्यही मेसिन खटखट गर्न त जाने होला नि ? भनेर । देख्यौ त्यही मेसिनको खटखटले आज देशको संक्रमणकालमा कत्रो मद्दत गर्यो ? आफ्नो आयश्रोत पनि भयो । गाउँ, समाज, देशको सेवा पनि भयो । आफ्नो पेशाको कदर गरौं । विदेशमा ज्यान सुकाएर कमाएको पैसाभन्दा त आफ्नै आँगनमा आफ्नो पुख्र्याैली पेशाबाट कमाएको पैसाबाट कत्ति आत्मसन्तुष्टि हुन्छ ।  लौ ! भन अब तिमीहरू चाहिँ के पेशा गर्छौ ?जीवन त धान्नै पर्छ । आफ्नो काममा लजाएर हुन्न ।’  सब साथीहरू मौन बनेर एकार्काको मुख हेर्दै टोलाइरहे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार