केश रंग्याउनुअघि ध्यान दिनुपर्ने विषय

केशलाई आकर्षक बनाउनका लागि युवापुस्तामा केशलाई रंगीन बनाउने अर्थात कलर गर्ने चलने छ । बजारमा एस ग्रे, वाइन ब्लू, पिङ्क, हनी ब्लोन्ड आदि विभिन्न प्रकारका हेयर कलरहरु चल्तीमा छन् । यद्यपि, तपाईंले पनि आफ्नो केशलाई कलर गर्ने बारेमा सोच्नु भएको छ भने त्यसो गर्नुभन्दा अघि केही विशेष कुराहरुमा ध्यान दिनु अनिवार्य छ ।

– सबैभन्दा पहिला तपाईंले आफ्नो व्यक्तित्व तथा छालाको रंगको बारेमा सोच्नु पर्छ । यी दुबै विषयहरु तपाईंका अति नै व्यक्तिगत विषयहरु हुन् । त्यसैले तपाईंले आफ्नो केशका लागि आफ्नो व्यक्तित्व तथा छाला अनुसारकै रंग (कलर) छनोट गर्नु उपयुक्त हुन्छ ।
– केशमा कलर लगाउनुभन्दा अघि आफ्नो केशलाई कुन स्टाइलमा काट्ने भन्ने कुराको निर्णय गर्नु पर्छ ।
– केशमा कलर गर्दा केशलाई हानी नपु‍¥याउने अथवा केशलाई क्षति हुनबाट रोक्ने रंग प्रयोग गर्नु पर्छ ।
त्यसलाई एमोनिया फ्रि कलर पनि भनिन्छ । यसको प्रयोगले केशमा कममात्रामा क्षति पुग्छ । एमोनियाका कारण केश फुल्ने, झर्ने तथा त्यसका अन्य साइड इफेक्टहरु समेत हुन्छन् ।
– यदि तपाईंले आफ्नो केश रंग्याउने निर्णय गरिसक्नु भएको छ भने कम्तिमा एक महिना अघिदेखि आफ्नो केशमा कुनै प्रकारको मेहन्दी तथा अन्य गुणस्तरहीन रंगहरु प्रयोग गर्नु हुँदैन । मेहन्दी अथवा अन्य रंग लगाइएको छ भने तपाईंले अहिले लगाउन लाग्नु भएको कलर केशमा राम्ररी बस्दैन ।
– आफ्नो केशमा कलर गर्नु भन्दा ठिक एक दिनअघि केशमा तेल–मसाज गर्नु पर्छ । त्यसो गर्दा केश बलियो हुनुका साथै नरम समेत हुन्छ । केशमा तेल प्रयोग गरेपछि ब्लिचिङबाट हुने क्षति पनि कम हुन्छ ।
– केशमा कलर गरिसकेपछि केशको विशेष स्याहार गर्नुपर्छ । कलर छिटो जान नदिन तथा ब्लिचिङका कारण हुने क्षति कम गर्न केशको हेरचाह आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया