घरको सजावट एवं घरको बनावटाको विषयमा वास्तु शास्त्रहरुमा धेरै कुरा उल्लेख छ । घर बनाउनुपूर्व र घर बनाइसकेपछिको यो अवस्थालाई वास्तुशास्त्रीहरुले सुक्ष्म ढंगले व्याख्या गर्ने गरेका छन् । जस अनुसार कस्तो ठाउामा घर बनाउने ? कतापट्टी ढोका राख्ने जस्ता विषयहरु यस अन्तर्गत् आउने गर्छन् ।
त्यसैले पनि वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्र समेत मान्ने गरिन्छ । मनोनुकूल भू– चयन पछि भूमिको विभिन्न विधि मार्फत् परीक्षण गर्ने गरिन्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । जल परीक्षा विधि, माटो परीक्षा विधि जस्ता आधा दर्जनबढी विधिहरुको बारेमा विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ । यस्ता शास्त्रहरुमा बृहद् संहिता, वास्तुसौख्य, समराङ्गण सूत्रधार, मत्स्य पुराण आदि रहेका छन् ।
वास्तु शास्त्रहरुमा भूमिलाई विभिन्न कर्म वा वर्ण अनुसार विभाजन गर्ने गरिएको पाइन्छ । प्राचीन कालमा कर्म अनुसार वर्णको विभाजन गरिएको हुन्थ्यो । त्यसैले कुन कामको मान्छेलाई कस्तो भूमि आवश्यक पर्छ ? भन्ने आधारमा भूमिको वर्गीकरण गरिएको पाइन्छ । यसरी भूमिलाई विभिन्न ४ भागमा विभाजन गर्ने गरिएको पाइन्छ ।
यसलाई संस्कृतमा यसरी उल्लेख गरिएको छ ।
सुगन्धा ब्राह्मणी भूमी रक्तगन्धा तू क्षत्रीयामधुगन्धा भवेदद्वेश्या मद्यगन्धा च शूद्रिका अर्थात्, सुगन्ध युक्त भूमि अध्ययन अध्यापन र ज्ञान प्राप्तिको लागि उपयुक्त हुने गर्छ । रगतको गन्धवाला माटो भएको भूमि क्षत्रीयहरुको लागि उपयुक्त हुन्छ । त्यस्तै, अन्य पराक्रम युक्त कामको लागि यस्तै भूमिहरु आवश्यक पर्छ । क्षत्रीयहरुको लागि विशेषगरी पहाडी भेगजस्तो देखिने कोट वा उचाईको भूमि राम्रो हुने मानिन्छ ।
धानको सुगन्ध वाला भूमि वा उब्जाउयोग्य भूमि वैश्यहरुको लागि वा खेतीपाती गर्नको लागि एवं अरु प्रयोजनको लागि मद्यगन्ध युक्त भूमिहरु उपयुक्त हुने वास्तु शास्त्रमा उल्लेख छ । विभिन्न ४ प्रकारको भूमिहरुको वर्गीकरण वास्तुशास्त्रले यसरी उल्लेख गर्ने गरेको छ ।
ब्राह्मणी भूमी
सुगन्ध युक्त, सेतो रंगको माटो युक्त, मधुर रसयुक्त, कुश घाासबाट युक्त भूमि ब्राह्मण वर्णले गर्ने काम गर्नेहरुको लागि उपयुक्त हुने बताइन्छ ।
यस्तै ठाउामा घरै बनाएर बस्नु परेपनि उपयुक्त हुने उल्लेख पाइन्छ ।क्षत्रीय भूमि
रक्तगन्धा, रातो रंगको माटो युक्त भूमि, कषाय रसयुक्त र मुंज घास युक्त भूमि क्षत्रीय कर्मको लागि वा शान्ती सुरक्षा सम्बन्धी कामको लागि उपयुक्त हुन्छ ।वैश्या भूमि
शस्यगन्धा(धान्य), हरियो रंगको माटो, आम्ल रसयुक्त वा काश वृक्ष युक्त भूमि व्यापारमूलक एवं उब्जनी गर्नेहरुको लागि उपयुक्त भूमि हो ।शूद्रा भूमि
त्यस्तै, मद्य गन्ध, कालो रंगको माटो युक्त एवं कटु रसवाला सबै प्रकारको घासले युक्त भूमि शूद्रा भूमि हो । यो भूमि सेवामूलक कामको लागि उपयुक्त हुने शास्त्रीय मत छ ।
भूमिको आसपासमा कस्तो वातावरण हुनु उपयुक्त हुन्छ ? भन्ने विषयमा समेत वास्तुशास्त्रहरुमा उल्लेख गरिएको छ । यसबारेमा बृहद् संहितमा भनिएको छ । सस्तौषधिद्रुमलता मधुरा सुगन्धास्निग्धा समा न सुषिरा च मही नराणाम् अप्यध्वनिश्रमविनोद मुपागतानां धृते श्रियं किमत शाश्वतमन्दिरेषु ।–बृहत् संहिता
अर्थात् ,यदि भूमिमा यज्ञीय वृक्ष, सुगन्धित वृक्ष इत्यादि छ भने त्यो भूमि ब्राह्मणीय कर्मको लागि श्रेष्ठ मानिन्छ । यदि भूमिमा कााडेदार वृक्ष रहेको छ भने त्यो क्षत्रीय वर्णको लागि श्रेष्ठ मानिन्छ ।यदि भूमि कुनै फलदार वृक्षले युक्त छ वा मुसाले प्वाल पारेको ठाउा छ भने त्यस्तो भूमि वैश्यहरुको लागि उपयुक्त मानिन्छ र भूमिमा फोहोर धेरै छ वा विषाालु जनावरहरुको निवास हुन्छ भने त्यस्तो भूमि शूद्रको लागि उपयुक्त मान्ने गरिन्छ । त्यस्तै, मयताम् नामक वास्तु शास्त्रमा समेत उल्लेख गरिएको छ । जसमा भनिएको छ : श्रेव्तासृक् पीतकृष्णा हयगजनिनदा षड्रसा चैकवण् तुषरहितावाकप्रतीच्युन्नता या
अर्थात्, सेतो, रातो, पहोलो, ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले युक्त, गाई, गोरुको लागि प्रिय एवं कमलको सुगन्धले भरिएको, दक्षिण र पश्चिम दिशामा अलिकति माथि उठेको जग्गा घर बनाउनको लागि उपयुक्त हुने गर्छ । यसरी वास्तु शास्त्रले घर बनाउनको लागि कस्तो भूमि चयन गर्ने ? भन्ने बारेमा उल्लेख गरेको छ ।
युग संवाददाता । । ८ चैत्र २०७६, शनिबार १४:२४