कुन कामका लागि कस्तो माटाेमा बनाउने घर ?

घरको सजावट एवं घरको बनावटाको विषयमा वास्तु शास्त्रहरुमा धेरै कुरा उल्लेख छ । घर बनाउनुपूर्व र घर बनाइसकेपछिको यो अवस्थालाई वास्तुशास्त्रीहरुले सुक्ष्म ढंगले व्याख्या गर्ने गरेका छन् । जस अनुसार कस्तो ठाउामा घर बनाउने ? कतापट्टी ढोका राख्ने जस्ता विषयहरु यस अन्तर्गत् आउने गर्छन् ।

त्यसैले पनि वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्र समेत मान्ने गरिन्छ । मनोनुकूल भू– चयन पछि भूमिको विभिन्न विधि मार्फत् परीक्षण गर्ने गरिन्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । जल परीक्षा विधि, माटो परीक्षा विधि जस्ता आधा दर्जनबढी विधिहरुको बारेमा विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ । यस्ता शास्त्रहरुमा बृहद् संहिता, वास्तुसौख्य, समराङ्गण सूत्रधार, मत्स्य पुराण आदि रहेका छन् ।

वास्तु शास्त्रहरुमा भूमिलाई विभिन्न कर्म वा वर्ण अनुसार विभाजन गर्ने गरिएको पाइन्छ । प्राचीन कालमा कर्म अनुसार वर्णको विभाजन गरिएको हुन्थ्यो । त्यसैले कुन कामको मान्छेलाई कस्तो भूमि आवश्यक पर्छ ? भन्ने आधारमा भूमिको वर्गीकरण गरिएको पाइन्छ । यसरी भूमिलाई विभिन्न ४ भागमा विभाजन गर्ने गरिएको पाइन्छ ।
यसलाई संस्कृतमा यसरी उल्लेख गरिएको छ ।

सुगन्धा ब्राह्मणी भूमी रक्तगन्धा तू क्षत्रीयामधुगन्धा भवेदद्वेश्या मद्यगन्धा च शूद्रिका अर्थात्, सुगन्ध युक्त भूमि अध्ययन अध्यापन र ज्ञान प्राप्तिको लागि उपयुक्त हुने गर्छ । रगतको गन्धवाला माटो भएको भूमि क्षत्रीयहरुको लागि उपयुक्त हुन्छ । त्यस्तै, अन्य पराक्रम युक्त कामको लागि यस्तै भूमिहरु आवश्यक पर्छ । क्षत्रीयहरुको लागि विशेषगरी पहाडी भेगजस्तो देखिने कोट वा उचाईको भूमि राम्रो हुने मानिन्छ ।

धानको सुगन्ध वाला भूमि वा उब्जाउयोग्य भूमि वैश्यहरुको लागि वा खेतीपाती गर्नको लागि एवं अरु प्रयोजनको लागि मद्यगन्ध युक्त भूमिहरु उपयुक्त हुने वास्तु शास्त्रमा उल्लेख छ । विभिन्न ४ प्रकारको भूमिहरुको वर्गीकरण वास्तुशास्त्रले यसरी उल्लेख गर्ने गरेको छ ।

 ब्राह्मणी भूमी

सुगन्ध युक्त, सेतो रंगको माटो युक्त, मधुर रसयुक्त, कुश घाासबाट युक्त भूमि ब्राह्मण वर्णले गर्ने काम गर्नेहरुको लागि उपयुक्त हुने बताइन्छ ।
यस्तै ठाउामा घरै बनाएर बस्नु परेपनि उपयुक्त हुने उल्लेख पाइन्छ ।


क्षत्रीय भूमि
रक्तगन्धा, रातो रंगको माटो युक्त भूमि, कषाय रसयुक्त र मुंज घास युक्त भूमि क्षत्रीय कर्मको लागि वा शान्ती सुरक्षा सम्बन्धी कामको लागि उपयुक्त हुन्छ ।

वैश्या भूमि
शस्यगन्धा(धान्य), हरियो रंगको माटो, आम्ल रसयुक्त वा काश वृक्ष युक्त भूमि व्यापारमूलक एवं उब्जनी गर्नेहरुको लागि उपयुक्त भूमि हो ।

शूद्रा भूमि
त्यस्तै, मद्य गन्ध, कालो रंगको माटो युक्त एवं कटु रसवाला सबै प्रकारको घासले युक्त भूमि शूद्रा भूमि हो । यो भूमि सेवामूलक कामको लागि उपयुक्त हुने शास्त्रीय मत छ ।
भूमिको आसपासमा कस्तो वातावरण हुनु उपयुक्त हुन्छ ? भन्ने विषयमा समेत वास्तुशास्त्रहरुमा उल्लेख गरिएको छ । यसबारेमा बृहद् संहितमा भनिएको छ  । सस्तौषधिद्रुमलता मधुरा सुगन्धास्निग्धा समा न सुषिरा च मही नराणाम् अप्यध्वनिश्रमविनोद मुपागतानां धृते श्रियं किमत शाश्वतमन्दिरेषु ।

–बृहत् संहिता
अर्थात् ,यदि भूमिमा यज्ञीय वृक्ष, सुगन्धित वृक्ष इत्यादि छ भने त्यो भूमि ब्राह्मणीय कर्मको लागि श्रेष्ठ मानिन्छ । यदि भूमिमा कााडेदार वृक्ष रहेको छ भने त्यो क्षत्रीय वर्णको लागि श्रेष्ठ मानिन्छ ।

यदि भूमि कुनै फलदार वृक्षले युक्त छ वा मुसाले प्वाल पारेको ठाउा छ भने त्यस्तो भूमि वैश्यहरुको लागि उपयुक्त मानिन्छ र भूमिमा फोहोर धेरै छ वा विषाालु जनावरहरुको निवास हुन्छ भने त्यस्तो भूमि शूद्रको लागि उपयुक्त मान्ने गरिन्छ । त्यस्तै, मयताम् नामक वास्तु शास्त्रमा समेत उल्लेख गरिएको छ । जसमा भनिएको छ : श्रेव्तासृक् पीतकृष्णा हयगजनिनदा षड्रसा चैकवण् तुषरहितावाकप्रतीच्युन्नता या

अर्थात्, सेतो, रातो, पहोलो, ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले युक्त, गाई, गोरुको लागि प्रिय एवं कमलको सुगन्धले भरिएको, दक्षिण र पश्चिम दिशामा अलिकति माथि उठेको जग्गा घर बनाउनको लागि उपयुक्त हुने गर्छ । यसरी वास्तु शास्त्रले घर बनाउनको लागि कस्तो भूमि चयन गर्ने ? भन्ने बारेमा उल्लेख गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार