गुगलको नयाँ फिचर, अब भाषा अनुवाद झनै सहज

गुगलले आफ्नो गुगल ट्रान्सलेट सर्भिसका लागि ट्रान्सक्रिप्सन फिचर सुरु गरेको छ । गत जनवरीमा सार्वजनिक गरिएको उक्त फिचर अन्ततः गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि सुरु गरेको छ ।

यो फिचरको सहयोगले प्रयोगकर्ताले कुनै एक भाषामा बोली रेकर्ड गराउनेछन् र त्यसलाई स्मार्टफोनले अक्षरमा रुपान्तरण गरेर भाषा समेत अनुवाद गर्नेछ ।
विशेष त के भने यस्तो रुपान्तरण रियल टाइममा हुनेछ, अर्थात् बोलीलाई भाषामा रुपान्तरण गरी अनुवाद गर्नका लागि थप समय लाग्ने छैन । छिट्टै सबै एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने

गुगलले घोषणा गरेको छ कि यो फिचर यहीँ हप्ताको अन्त्यसम्ममा सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । अहिलेका लागि यो फिचरले अंग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, रसियन, पोर्चुगिज, थाइ र स्पेनिस भाषा मात्र सपोर्ट गर्दछ । हिज्जेको गल्तीलाई आफै सच्चाउने गुगलको यो नयाँ अनुवाद फिचरलाई लाइभ भाषण, प्रवचन तथा अन्य इभेन्टहरुमा प्रयोग गर्न सकिनेछ ।

गुगलका अनुसार ट्रान्सक्रिप्सन फिचरले पूरा वाक्यको अडियोलाई एकसाथ पहिचान गरी रुपान्तरण गर्दछ । अक्षरमा रुपान्तरण गर्दा हिज्जेमा हुने गल्तीलाई समेत अटोकरेक्ट अर्थात् आफै सच्चाउने गर्दछ । साथै भाषा अनुवादमा व्याकरणका गल्ती पनि कम हुने बताइएको छ । डार्क थिम समेत उपलब्ध गुगलको यो नयाँ फिचरलाई प्रयोग गर्नका लागि एन्ड्रोइडको ट्रान्सलेट एपको लेटेष्ट भर्सन अपडेट गर्नुपर्दछ ।

त्यसपछि होम स्क्रिनमा दिइएको त्चबलकअचष्दभ आइकनमा ट्याप गर्ने अनि क्यगचअभ अप्सन सेलेक्ट गरी ड्रपडाउन मेनूबाट त्बचनभत ीबलनगबनभ छनोट गर्ने ।
प्रयोगकर्ताले ट्रान्सक्रिप्सनलाई माइक आइकनमा ट्याप गरी रोक्न वा पुनः सुरु गर्न पनि सक्नेछन् ।

तपाईको प्रतिक्रिया