चीनमा कोरोनाको नयाँ संक्रमण देखिएन

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनमा पहिलोपटक कुनै पनि नयाँ संक्रमण घटना देखा नपरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा संक्रमण देखा परेको थियो । ज्यानअरी यता चीनमा ८१ हजार भन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएका छन् । ती मध्य ३ हजार दुई सय २५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन् ।

अहिले पनि दश हजारभन्दा बढीमा संक्रमण सक्रिय रहेको जनाइएको छ । संक्रमण सबैभन्दा उच्च बिन्दुमा पुग्दा चीनले कठोर क्वारेन्टाइन लागु गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो । यी कदमहरूको सफलताका कारण नयाँ संक्रमितको संख्या घटेपनि चीनमा कोरोनाभाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन् ।

अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ । यसैबीच बिहीवार दक्षिण कोरियामा १ सय ५२ वटा नयाँ घटनाहरू देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ७ हजार ८ सय ६० कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेको संख्या ८ हजार ६ सय ५७ पुगेको छ । विश्वका १ सय ६६ देशमा कोरोना भाइरस देखिएको विश्व स्वस्थ्य संगठनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया