आत्महत्या दुरुत्साहन आरोपमा श्रीमान्सहित चार जना पक्राउ

सल्यान : सल्यानमा आत्महत्या दुरुत्साहनको आरोपमा ४ जना पक्राउ परेका छन् ‌। जिल्लाको शारदा नगरपालीका वडा नम्बर १५ हरेलेकी २१ वर्षीया मुना नाथलाई आत्महत्या दुरुत्साहन गर्न लगाएको आरोपमा शारदा नगरपालिका वडा नम्बर १५ का श्रीमान सुनिल नाथ, सोही ठाउँकै सुनिल भन्ने विजय भण्डारी, लाल बहादुर राजगुरु र त्रिबेणी गाउँपालीका वडा नम्बर ६ का अर्जुन रावत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको सोमबार दिउँसो मृतक मुना नाथले आफ्नै घरको कोठाको दलिनमा प्लाष्टिकको डोरी घाँटीमा पासो लगाएर झुन्डिएर मृत्यु भएको छ भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली पुगी घटनाको बारेमा अनुसन्धान गर्दा आत्महत्या गर्न लगाउन बाध्य पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख लक्ष्मण वलीले जानकारी दिए ।

अनुसन्धान गर्दा मृतक मुना नाथको ‘अरुसँग अनैतिक सम्बन्ध छ’ भनी आरोप लगाई गाउँकै सुनिल भनिने विजय भण्डारी र लालबहादुर राजगुरुले पोखरा काम गर्न गएका श्रीमान सुनिल नाथलाई खबर सुनाईदिएपछि उनका श्रीमान गएको मंगलबार घरमा आएर गाउँमा सञ्चालन गरेको किराना पसलमा आगो लगाई श्रीमतीलाई हातपात तथा गाली बेइज्जती गरी शारिरीक तथा मानसिक यातना दिएर मृतकले सहन नसकी आत्महत्या गरेको खुल्न आएको प्रहरी जनाएको छ ।


निमित्त प्रहरी प्रमुख वलीले भने, ‘मृतक थापाको नाम, ईज्जतरप्रतिष्ठामा आँच पु‍¥याउनेगरी अफवाह फैलाएपछि पीडा सहन नसकी आत्महत्या गर्न लगाएको भन्‍दै मृतकका पिताले किटानी जाहेरी दिनुभयो, हामी घटना बारेमा अनुसन्धानमा पनि गयौं, आत्महत्या दुरूत्साहन गर्न लगाएको खुल्न आयो ।’ पक्राउ परेका चारै जनालाई मुलुकी अपराध सहिंता ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्गत आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेमा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सल्यानबाट प्रहरी हिरासतमा राख्न सात दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार