सुर्खेत क्याम्पसमा चैत ७ बाट पठनपाठन बन्द प्रशासनिक काम निरन्तर

सुर्खेत : विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको सन्दर्भमा सुर्खेत क्याम्पस (शिक्षा) ले पढनपाठन पुर्ण रुपमा बन्ध गरेको छ ।

उक्त क्याम्पसमा सञ्चालीत हुने सम्पुर्ण कक्षाको नियमित पठनपाठन २०७६/१२/०७ गते देखि चैत मसान्तसम्म बन्द रहने छ । साथै क्याम्पसमा प्राध्यापनरत पुर्णकालिन शिक्षकहरुलाई हिउँदे र बर्षे विदाबाट कट्टा हुने गरी यही चैत ७ गते देखि चैत मसान्त सम्म विदा हुने दिइने छ ।

साथै २०७६ सालको चैत ७ गतेबाट सञ्चालन हुने भनिएको सम्पुर्ण परीक्षाहरु पनि अर्को सुचना नभएसम्म स्थगित हुने छ । भने दैनिक प्रशासनिक कार्यहरु नियमित रुपमा सञ्चालनहुने क्याम्पस प्रमुख भुपेन्द्रबहादुर शाहीले बताएका छन् ।

तपाईको प्रतिक्रिया