नेपाली पत्रकारितमा अनुमान र हनुमान कारीताको रोग

विश्व पत्रकारिताको ईतिहासमा नेपाली पत्रकारीताको इतिहास धेरै लामो छैन । नेपालको समग्र विकास प्रक्रियाको अरु क्षेत्रसंग तुलना गर्दा पत्रकारीताको विकास भने छोटो समयमा धेरै भएको भन्दा फरक पर्दैन ।

बिश्व पत्रकारिताको विकास र नेपालको सन्दर्भ हेर्दा आज पनि नेपाली पत्रकारिताको प्रबृति र आयाम समय अनुकुल विकसित हुन नसकेको सत्य हो । हामीले यो सत्यलाई छोप्न खोजे पनि आजको नागरिक पत्रकारिताले उदाङ्गो बनाउदै लगेको छ ।

सत्यमाथि नै गंभिर प्रहार गर्ने पत्रकारको चारित्रिक बिशेषता नै नेपाली पत्रकारिताको टिठलाग्दो वास्तबिकता बनेको छ । जसका कारण पत्रकारलाई हेर्ने र नेपाली पत्रकारितालाई बुझ्ने राष्ट्रिय दृष्टिकोणबाट नेपाली पत्रकारिताको गरिमा आरालो लाग्दै छ । भने पत्रकारहरुप्रतिको जनविश्वास हराउन थालेको देखिन्छ ।

अब पत्रकारिताको गरिमा उचो राख्नु र जनविश्वासलाई पुर्नजिवित गर्नु नेपाली पत्रकारहरुको कर्तब्य हो । आज विश्व पत्रकारितामा नयाँ नयाँ प्रबिधि र प्रभाबको गतिशिलतामा क्रान्तिकारी परिवर्तन समय क्रममा तिब्र छ । यस्तो विश्व परिबेशमा नेपाली पत्रकारिताले भने परम्पराको दायराबाट माथी उठ्न नसकेको आरोप खेपिरहेको छ ।

नेपाली पत्रकारिता माथि लागेका सबै आरोपहरु सार्बभौम भन्ने होइन तर समय क्रममा परिवर्तनको गारेटो पक्रन नसकेको सत्य हो । नयाँ खोजिको तृष्णामा लम्कि रहेको मानवीय रुलिाई केही हद मेटाउने जिम्मा जिम्मा पत्रकारिताको हो । नेपाली पत्रकारिताले भने हिलोको मान्यतालाई गतिशिल समयसाथ परिवर्तन भएको नेपाली रुचिलाई परिपुर्ति गर्न नसको साँचो हो ।

हामीले मिडिया खोल्ने र पत्रकार बन्ने कुरालाई पत्रकारिताको विकास ठानेर बसेका छौं । यो मान्यता हिजोलाई सान्र्दभिक होला । अब यो मान्यतालाई खण्डित गरेर समय सापेक्ष पत्रकारिताको विकास र प्रभाबकारीताको बहस आबश्यक छ । बहसको शुरुवात कहाँबाट र कसले गर्ने रु सामाजिक जीवनका अरु क्षेत्रमा भएका परिवर्तनको प्रतिबिम्ब पत्रकारितामा देखिनु पर्दछ ।

मिडिया हावस धेरै संचालन हुनु र संख्यात्मक रुपमा पत्रकार धरै बन्नुलाई मात्र पत्रकारिताको विकास भन्न सकिन्न । यसो भनौं नेपाली पत्रकारिताको विकास हुदै गएको छ, प्रभावकारिता हराउन थालेको हो की रु यसर्थ आज विश्वब्यापिरण हुदै गएको आर्थिक, सामाजिक, रानीतिक सम्बन्धलाई पनि नेपाली पत्रकारिताले प्रतिनिधित्व गर्नुपर्ने हो । तर देशकै समग्र अबस्थाको प्रतिबिम्ब पत्रकारितामा नभेटिने तितो यथार्थता बोकेर नेपाली पत्रकारिता हिडिरहेको छ । निश्चय नै यो नेपाली पत्रकारिताको सुखत पक्ष होइन ।

यसैमा रमाउन खोज्ने हाम्रो मानसिकताले कसरी अगाडी बढ्छ नेपाली पत्रकारिता रु यो प्रश्नको उत्तर खोज्नु जरुरी छ । नेपाली पत्रकारले पत्रकारिताको महत्व र अस्थित्वको खोजि जसरी गरिरहेका छौ, त्यसरी प्रभाबकारिता र बहुआयमिकताको खोजि गर्न जरुरी छ । अरुका सबै रङ्ग देख्ने रातोलाई कालो र कालोलाई रातो बनाउन सहज हुने , आफुमा लागेको दाग भने नभेटाउने हाम्रो पत्रकारिताको रोग हो । यसको उपचार हामीले समयमा खोज्नु आधुनिक युगको माग हो ।

अहिले पत्रकारहरुले सिमाहीन प्रेस स्वतन्त्रताको खोजि गर्नु र सरोवारवाला निकायले संंबैधानिक अधिकार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा संकुचन गर्न खोज्नु नेपाली राष्ट्रिय मनोबिज्ञानको पराकाष्टा हो भन्नुमा दुइमत छैन । पत्रकारहरुले खोजेको स्वतन्त्रता अराजकताको पराकाष्टा हो भन्ने एक थरी बुझाइ र पत्रकारितामा अनुशासनको अनिबार्यतालाई निरुकुंशता प्रतिक देख्ने अर्को जडता अहिले सतहमा पोखिएका छन ।

सारमा स्वतन्त्रता र अनुशासन एक अर्काका परिपुरक हुन भन्ने सार्बभौम सत्यलाई सबैले आत्मसात गर्नुको बिकल्प छैन । पत्रकारिताले बदलिदो नेपाली परिबेशका सन्दर्भहरुलाई आत्मसात गर्न नसकेको भन्ने आरोप नीति निर्माणको तहमा बसेकाहरुको छ । नीति निर्माणको तहमा रहनेहरुले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विश्वब्यापि मान्यताको मर्मबोध गर्न नसकेको हाम्रो आरोप हो ।

यी दुबै बुझाइ र भोगाई सत्य हुन । यहि सत्यलाई स्वीकार गरि सहकार्य र साझेदारीमा अगाडी बढ्नु पर्दछ । यसैबाट सबैको जित पक्का छ । हामीले अहिले चाहेको स्वतन्त्रता अुशासनबिहीन हुन सक्दैन । आजको राजनीतिक ब्यबस्था निर्माण लागि नागरिक चेतनाको विकास हाम्रो पत्रकारिताले हिजो गरेकै हो ।

आजको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारिन्टीका लागि नीति निर्माणको तहमा रहेको राजनीतिक नेतृत्वले हिजो त्याग, तपस्या र बलिदान गरेकै हो । योे वास्तबिकतालाई कसैले भुल्न संभब छैन । तर कसैको देबत्वकरण र कसैलाई दानवीकृत गरेर नत ईतिहासको सम्मान हुन्छ नत बर्तमानको पहिचान दिन र भविश्यको मार्गदर्शन गर्न सक्छ नेपाली पत्रकारिताले समस्या यस्तैमा छ । पत्रकारिताको घाँटी निमोठेर राजनीतिक प्रणाली लोकतान्त्रिक र जवाफदेखि बन्न सक्दैन ।

विश्वका महाशक्ति राष्ट्रहरुका लागि अन्तराष्ट्रिय राजनीतिक सम्बन्ध र रणनीति निर्माणमा ती देशको पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपाल पत्रकारिता भने अनुमानकारिता र हनुमानकारिता अभ्यासमा दौडिन खोजिरहेको छ । यो गनतब्यहीन उद्देश्य बोकेर नेपाली पत्रिकारिता कता जादै छ यो हाम्रो चासोको बिषय हो ।

अनुमानका भरमा प्रहरी, न्यायलय, अख्तियार आफै बनिदिने अनि कसैलाई संसारकै सर्बशक्तिमान देखाउन हनुमानको आज्ञाकारीता प्रर्दशन गर्ने हाम्रो पत्रकारिताको महारोग छ । पात्रको प्रबृतिको कुरा मात्र होइन तर पत्रकारिताको चरित्र नै यस्तो देखा पर्दा चिन्ताको बिषय हो ।

यहि रोगले ग्रस्त पत्रकारितालाइ कसरी स्वस्थ बनाउने अब । देशभरी संचालनमा रहेका बिभिन्न मिडियाहरुबाट बज्ने, छापिने र देखाइने सामाचारबाट नेपाली मनोबिज्ञानलाई दिग्भ्रमित बनाउने काम भएको प्रष्ट छ । आज आम पाठक र बिष्लेशकहरुले यहि वास्तबिकताको धरातलमा टेकेर पत्रकार र पत्रकारिता प्रतिको आफ्नो दृष्टिकोण किन नबनाउने रु यसरी निर्माण भएको दृष्टिकोणका आधारमा हाम्रो स्थान कहाँ हुन्छ रु यस्तो दृिष्टकोणका बिरुद्ध लड्ने हाम्रो नैतिक र बैधानिक हतियार नै भुत्ते किन नहोस त रु यसर्थ हनुमान र अनुमानकारिताको रोगबाट नेपाली पत्रकारितालाई कसरी मुक्त गराउने आजको आबश्यकता यहि हो ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सवालमा कसैसंग सम्झौता गर्न सकिन्न । तर अनुमान र हनुमानकारितामा हामी हरेकसंग सम्झौता गरिरहेका छौ । यो कटु सत्य आरोपलाई पनि कतिपयले पचाउन नसकेर बर्बराउछन । त्यो आधुनिक पत्रकारिताको मान्यता बिरुद्धको सोच हो । यस्तो मनोदशाबाट नेपाली पत्रकारहरु उन्मुक्त हुन अनिबार्य छ । ब्यक्तिगत फाइदालाई काइदा बुझ्ने प्रबृति साझा बनेर हुर्कदै गरेको प्रति हामी आँखा चिम्लेर कहिलेसम्म बस्ने रु पछिल्लो समय स्थानीय सरकारको गठनसंगै हरेक खालका गलत क्रियाकलामा खबरदारीमा होइन साझेदारीमा कलम चल्न थालेका छन ।

सबै खालका बिकृति बिसंगति बिरुद्ध रखेबारी र खबरदारी गर्नु पर्ने पत्रकारिता क्षेत्र नै हिस्सेदारी साझेदारी बन्दै गएको सबत्र सुनिने गरेको छ । आज नेपालको राजनीति, आर्थिक, सामाजिक र संस्कृतिक सन्दर्भका आयामहरु परिवर्तन भएका छन । ती परिवर्तनका प्रतिबिम्बहरु नेपाली पत्रकारितामा देखिनु र भटिनु पर्ने हो । तर त्यो वास्तबिकता पाउन नसकेको गुनासो सबैतिर सामाजिक सञ्जालमा छरपष्ट पोखिन्छन ।

यस्ता गुनासोको सम्बोधन हाम्रो पत्रकारिताले गर्नु पर्दैन अब रु आधुनिक युगको पत्रकारिताले राष्ट्र निर्माणको हिस्सेदारी बोक्ने हो । सामाजिक सदभाब, राजनीतिक सहकार्य, आथिक सम्बृद्धि र संस्कृतिक सवलीकरणको आयाम बलियो बनाउने हो । अभ्यासमा भने लाभमा साझेदारी, फाइदालाई काइदा ठान्ने, राजनीतिक बिखण्डन र बिग्रहलाई प्रोत्साहन गर्ने, नेपालीहरुको साझा बुझाइमा बिभाजन गर्ने दौड चलेको छ ।

यस्तो गलत बाटो तर्फ उन्मुख प्रतिस्पर्धालाई निरुत्साहित गर्न पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र पेशागत संघ संगठनहरुले बिलम्ब गर्नु हुदैन । अन्यथा पत्रकारितालाई राज्यको चौथो अंग मान्ने संबैधानिक मान्यता माथि नागरिक तथा राजनीति प्रश्न जब्बर बन्दै जाने छ ।

बीरबहादुर गिरी

लेखक : प्रेस सगठन नेपाल

कर्णाली प्रदेश सयोजक हुन ।

तपाईको प्रतिक्रिया