केशव बस्नेतले थाले भैसी पालन व्यवसाय

दुर्गा विसी

सल्यान : सल्यान जिल्लाको पश्चिम क्षेत्रमा एक युवा केशव बस्नेत व्यवसायीक भैसी पालन तर्फ उत्सािहत बनेका छन् । बनगाड कुपिण्डे नगरपालीका १ का स्थानीय केशव बस्नेत आफ्नै लगानीमा १५ लाख बढि रकम खर्चेर व्यवसायीक भैसीपालनमा जुटेका छन् ।

तीन वटा पाडा र पाँच वटा भैसीको मुल्य नै सुरुवातमा पाँच लाखमा परेकाे छ। उनलाई भैसीको मुल्य र आधुनिक गोठ निर्माणमा लागात १५ लाख लागेको छ । नेपालमा यतिबेला सबै युवाहरु जन्मभुमी छोडेर विदेशीने क्रम चलिरहेको बेला बस्नेत भने गाउँमै केहि गर्नु पर्छ भनेर बैंकबाट ऋण लगि व्यवसायीक भैसी पालनमा अग्रसर देखिएका छन् ।

अहिले बस्नेतले पालेका केहि पहाडी लोकलजातको भैसी र बाँकी उन्नत मुर्रा जातका भैसीले दैनिक ३० लिटर भन्दा वढि दुध आम्दानी दिन थालेका छन् । भैसीकै दुध बेचेर बस्नेत दैनिकी एक हजार आँठ सय र मासिक ५० हजार पैसा आम्दानी हुने बताउँछन् । उनले भैसीको गोठ तथा घाँसको लागि वार्षिक ५० हजारमा १५ रोपनी खेतबारी भाडामा लगेका छन ।

सल्यानको बनगाड कुपिण्डेमा भैसी व्यवसायी गर्ने बस्नेत पहिलो किसानको रुपमा चिनिएका छन् । साथै यस्तो ठुलो लगानी तथा हिक्मत राखेर सल्यानका अन्य व्यक्तीले काम र्गन भने सकेका छैनन् ।
बस्नेत हालै दिनौदिन विदेशीने नेपालि युवाहरुलाई स्वदेशमै बसेर कुनै नयाँ व्यवसायीको सुरुवता गरेर करोडौं पैसा कमाउँन सकिने भन्दै आग्रह समेत गरेका छन् । साथै एक्लै व्यवासय गर्दा कोहीकसैले पनि सहयोग तथा सरकारी सहयोग पनि नपाएकोे गुनासो पोखेका छन् ।

राज्यले कुनै पनि व्यवसायी गर्ने व्याक्तलीलाई सस्तो व्याजमा कर्जा दिनु पर्ने हो तर त्यो नपाएको उनको भनाई छ । आफ्नै लगानीमा यसरी पशु वा कृषि व्यवसायी गर्न चुनौती रहेको बस्नतले बताउँछन् । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकाले खास किसान लक्षित कार्यक्रम कागजमा भए पनि व्यवाहारमा लागु नभएको जनाएका छन् । बस्नेतले बनगाडी भैसी पालन फर्म दर्ता गरेरै भैसी व्यवसायी सुरु गरेका हुन् । साथै विस्तारै आफ्नै फर्ममा अन्य युवाहरुलाई रोजगारि पनि सिर्जना गर्ने उनको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया