डोल्पाबाट सातसय विद्यार्थी एसईई परीक्षा दिँदै

डोल्पा : डोल्पा जिल्लामा ४ वटा परीक्षा केन्द्रबाट कुल सात सय परीक्षार्थीले एसईइको परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका अनुसार शिक्षा विभागले तोकेकै मितिमा परीक्षा हुने जनाएको छ ।

जिल्लाका सरस्वती माध्यामिक विद्यालय दुनै, आर्दश माध्यामिक विद्यालय जुफाल, जनप्रभा माध्यामिक विद्यालय लिकु र त्रिपूरा माध्यामिक विद्यालय काईगाउ गरी चार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिँहराज डाँगीले जानकारी दिए ।

उक्त परीक्षा केन्द्रबाट क्रमश २२८, १६३, १७६ र १३३ गरी कुल सात सय परीक्षार्थीले परीक्षा दिने डाँगीले जानकारी दिए । उनका अुनसार सबै केन्द्रमा परीक्षाको तयारी पूरा भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र १८ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया