पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धीे कार्यशाला

सुर्खेत : पैरवी क्षमता विश्लेषण सुचक सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यूएसएआईडिको आर्थिक सहयोग, एफ एच आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत गोष्ठी गरिएको थियो ।

सुन्दर नेपाल संस्थाको संस्थागत गोष्ठी चैत २ गते देखि ४ गते मंगलवारसम्म संचालन भएको कार्यशालामा संस्थाले हालसम्म गर्दै आईरहेका पैरवी र त्यसको अवस्थाका बारमा गोष्ठीमा छलफल गरिएको थियो । यस्तै पैरवी क्षमताका सुचकहरुका आधारमा गरिएको विश्लेषणमा संस्थाले हालसम्म गरेका कामको मुल्याकंन र मापन गरीएको थियो ।

संस्थाले गर्दै आएका पैरवीका सवालहरु छलफल गर्नुका साथै सुधार गर्नुपर्ने क्षेत्रहरुलाई पनि निरन्तर चरणवद्धरुपमा पु¥याउनुपर्ने निष्कर्ष निकालिएको छ । संस्थाद्धारा संचालित विभिन्न कार्यक्रमलाई पैरवीसंग जोडेर अगाडी लैजानुपर्ने र दिर्घकालिन रुपमा वर्ग, क्षेत्र र समुदायका सवाल सम्वोधनमा प्रभाव पार्नुपर्ने हभागीले जोड दिएका थिए ।

गोष्ठीमा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले आ–आफ्नो जिम्मेवारीमा रहेको कामलाई सम्पन्न गर्न र पैरवी क्षमता विश्लेषणलाई संस्थाले संस्थागत गर्दै निरन्तरता दिई संस्थालाई माथि उठाउन सकिने बताए । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत संचालन भएको सो गोष्ठीमा संस्थाका अध्यक्ष लगायत पदाधिकारी, कार्यकारी निर्देशक र परियोजनासंग सम्वन्धित कर्मचारीहरु सहभागीता रहेको थियो ।

यस्तै गोष्ठीको सहजीकरण एनएनएस डब्लुएका कार्यक्रम व्यवस्थापक विनोद विक्रम जैरुले गरेको पारस्परिक जवाफदेहिता परियोजनाका अभियान सुपरभाइजर गगन खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया