रिपोटिङ्गमा गएका पत्रकारलाई एस.पी चाैधरीले गरे अभद्र व्यवहार

सुर्खेत : दैलेखको जिल्ला प्रहरी कार्यालयमा रिपोटिङ्गको क्रममा गएका दुईजना दैलेखी पत्रकारलाई प्रहरी जवान एस.पी. चौधरीले अभद्र व्यवहार तथा धरपकड गरेका छन् ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका सचिवतथा ईमेज टेलिभिजनका दैलेख संवाददाता नविनकुमार शर्मा रनेपाल पत्रकार महासंघ दैलेख शाखाका सदस्य तथा रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापती लाई अभद्र व्यवहार गरेका हुन ।

उनिहरु दैलेख बजारको सदरमुकाममा दादागीरी शैलीमा भारतीय प्रहरी पोशाकसहित  सोमबार साँझ दैलेख पुगेका खुलेयाम डुलिरहेको भेटेपछि स्थानीयले बिरोध गरेका थिए । तिनै भारतीयप्रहरी पोशाक सहित बजारमा निर्वाध रुपमा हिंडडुल गरिरहेको विषयमा जान्न, बुझ्न र समाचार संकलन गर्नका लागि जिल्ला प्रहरी कार्यालय गएका समयमा चौधरीले अभद्र व्यवहार गरेका हुन ।

तपाईको प्रतिक्रिया