१० हजार पाँच सयको टिकट दिएर १३ हजार बढी ‘असुल्दै’ सीता एयर

हुम्ला : यातायातको अन्य विकल्प नभएपछि हिमाली जिल्ला हुम्ला आउने यात्रुहरु महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् । नेपालगञ्ज बस्दा बढी खर्च लाग्ने र यातायातको अन्य विकल्प नभएपछि निर्धाति हवाई भाडा भन्दा यात्रुहरु महँगो भाडा तिर्न बाध्य भएका हुन् ।

नेपालगञ्जबाट हुम्लाको हवाई भाडादर १० हजार पाँच सय रहेको छ। तर सोमबार नेपालगंजबाट सीता एयरमा हुम्ला आएका कुन्जोक लामाले १३ हजवार एक सय २५ रुपैयाँ तिरेको बताए । नेपालगञ्जबाट सिमकोटका लागि चार्टर फ्लाईटको भाडा दश हजार पाँच सय रुपैयाँ रहेको छ। लामा मात्र होइन उनको समूहमा रहेका अन्य १३ जनाले पनि सोही दरमा भाडा तिरेका छन् ।


उनीहरु सबैको टिकटमा भने दश हजार पाँच सय मात्र उल्लेख गरिएको छ । यस सम्बन्धमा सीता एयर नेपालगञ्ज इस्टेसन इन्चार्ज मनोज भारतीले आफूलाई थाहा नभएको बताए । उनले सीता एयरले प्रति यात्रु दश हजार पाँच सय मात्र लिएको बताए । सीता एयरले यात्रुलाई बेचेको टिकट । यसमा १० हजार पाँच सय उल्लेख भएपनि यात्रुले १३ हजार एक सय २५ रुपैयाँ तिरेको बताएका छन् ।

यो सिजनमा हुम्लाबाट व्यापार व्यवसाय गर्न, चिसो छल्न, एसइई परीक्षाको तयारी गर्न जिल्ला बाहिर गएका हुम्लाबासीको फिर्ता हुने समय भएको कारण नेपालगञ्जमा निक्कै भिडभाड हुने गर्छ । प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले यसबारे आफूले सम्बन्धित निकायसँग बुझ्ने बताइन् ।



ताजा समाचार