भेरी नदीमा ‍¥याफ्टिङको सफल परीक्षण

दुर्गा विसी

सल्यान : भेरी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गरिएको छ । भेरी नदीमा सजिलै ‍¥याप्टिङ गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । शनिबार लगातार तीन दिन भेरी नदीमा ¥याप्टिङको सफल परीक्षण गरिएको छ ।

सल्लीबजारको भेरी नदी पुलदेखि रैकर धारापानीसम्म यस्तै राइरादेखि अम्रासम्म ¥याप्टिङको सफल परीक्षण गरिएको कर्णाली ¥याप्टिङ एडभेन्चर प्रालिले जनाएको छ । पर्यटन प्रवर्द्धन तथा सडकको वैकल्पिक रुटको रूपमा जलयात्रा परीक्षण निकै सफल भएको बनगाड कुपिन्डे नगरपालिका उपप्रमुख मञ्जु यरीले बताइन् ।

प्राविधिकसहितको टोलीले सफल परीक्षण गरेपछि व्यावसायिक रुपमा ¥याप्टिङ सञ्चालन गर्ने योजना बनाएको उनले बताइन् । उनले भनिन्, ‘दुई चरणका ¥याप्टिङ परीक्षण सफल भएपछि स्थानीय र पर्यटन व्यवसायी उत्साही देखिएका छन् ।’

¥याप्टिङलाई व्यावसायिक बनाउन भेरी नदी किनारमा होमेस्टे र कटेजहरू सञ्चालन गर्न स्थानको अध्ययनसमेत भइरहेको उपप्रमुख यरीले बताइन् । ¥याप्टिङलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिनुपर्ने स्थानीय कृर्तिबहादुर रानाले बताए । जलयात्राको परीक्षण सफल भएपछि नियमित जलयात्रा गराउन स्थानीय तहले कार्यविधि निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया