मुक्त हलियालाई सीपमुलक तालिम

सुर्खेत : मुक्त हलियाहरुका लागि सीपमुलक तालिम दिन थालिएको छ । मुलुकको आर्थिक विकास र गरीबी निवारणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मुक्त हलियाहरुलाई सीपमुलक तालिम दिइएको हो ।

अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा, राष्ट्रिय मुक्त हलिया समाज महासंघ र सुर्खेत जिल्ला मुक्त हलिया समाजको साझेदारी तथा न्युनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को आयोजनामा वीरेन्द्रनगरमा तालिम शुरु गरिएको हो । तालिम उद्घाटन गर्दै जिल्ला हलिया मुक्त समाज सुर्खेतका अध्यक्ष यामराज मल्लले आर्थिक रुपमा विपन्न मुक्त हलियाहरुको जीविकोपार्जन र आर्थिक बिकासका लागि तालिम आयोजना गरिएको बताए ।

सरकारले हलिया मुक्त गरे पनि उनीहरुले आर्थिक बिकासका क्रियाकलाप गर्न सीपमुलक तालिम आवश्यक भएको उनले बताए ।  ब्रिज परियोजनाका कार्यक्रम संयोजक पदम जोशीले सीप सिकेर दक्षता हाँसिल गरेको जनशक्ति बजारमा आवश्यक भएकोले बजारको आवश्यकता अनुसार तालिम आयोजना गरिएको बताए ।  अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा अटोरिक्सा मर्मत, हाउस पेन्टिङ्ग, टायल मार्वल फिटिङ्ग र बेमौसमी तरकारी खेती गरी विभिन्न पाँच वटा तालिममा एक सय दुई जना मुक्त हलियाहरुको सहभागि छन् ।

सिटिइभिटीद्वारा सीप परिक्षण गराईने उक्त तालिमको अवधी तीन सय ९० घण्टाको रहने उनले बताए ।  तालिम उद्घाटनमा युसेप नेपालका सुर्खेत जिल्ला संयोजक खगेन्द्र भट्टराईले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनका लागी तालिम उपयोगी हुने बताए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!