सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा वार्षिक परीक्षा अनुगमन

दुर्गा विसी

 
सल्यान : सल्यान बनगाड कुपिण्डे नगरपालिका नगर शिक्षा शाखाले परीक्षा अनुगमनलाई तीव्रता दिएको छ । नगरका विभिन्न स्थानका विद्यालहरुमा चल्दै गरेको वार्षिक परीक्षा कसरी चलेको छ भनेर नगर शिक्षा शाखाले अनुगमन  गरेको हो ।

नगर शिक्षा अधिकारी चक्रबहादुर रावतले जानकारी दिएका छन् । शाखाले सम्पूर्ण ३ देखि ९ कक्षासम्मको प्रश्न पत्र र कक्षा ५ र ८ को उत्तरपुस्तिका प्रश्न पत्रको जिम्मा लिएकोे थियो । आइतबार मात्रै खरेखोलामा रहेको कृष्ण प्रावि, भैरवी निमावि वेलखोला र मूक्ति मावि हिलेपोखरिमा पुगेर परीक्षा अनुगमन गरेको जनाएको छ ।


नगरमा शिक्षा सुधारका लागि पहिले शिक्षण सिकाइ सुधारसँगसँगै परीक्षा प्रणालीमा पनि सुधार हुन आवश्यक रहेको कुरा औंल्याएको छ । नगर परिक्षा समितिको टोलिले नगरका विभिन्न स्थानको परीक्षा अनुगमन गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार