जिल्ला प्रशासनको नेतृत्वमा बजार अनुगमन

अमर सुनार 

दैलेख : दैलेख जिल्ला प्रशासन कार्यालयको नेतृत्व टोलीले शनिवार दुल्लू बजारको अनुगमन गरेको छ । दुल्लू नगरपालिकाको वडा नं. ५ र ७ क्षेत्रमा पर्ने दुल्लू बजारको पटाङ्गिनीदेखि चाँदनी चोकसम्मका एक सय भन्दा बढी पसलहरुमा अनुगमन गरिएको हो ।

होटल, खुद्रा पसल र दैनिक उपभोग्य बस्तु बिक्रेताहरुले मूल्य, गुणस्तर र भण्डारण अवस्था अनुगमन गरिएको टोली प्रमुख दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
म्याद नाघेका, लेबलिङ्ग नगरिएका, मूल्य लेखिएका बिष्कुट, चक्लेट, तेल, मसला, फेण्टा–कोकोला लगायतका खान अयोग्य खाद्य बस्तु जफत गरी सदरमुकाममा ल्याइएको छ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्री, इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोरा, घरेलु तथा साना उद्योग विकास समितिका प्राविधिक खरिदार कुलबहादुर नेपाली समेत सहभागी थिए । दुल्लू नगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रेमबहादुर थापा, वडा नं. ७ का वडासदस्य प्रकाश शाह, दुल्लू उद्योग बाणिज्य संघका अध्यक्ष ओमकारगंग थापा, दुल्लूका पत्रकार दिपेन्द्र बस्ताकोटीले पनि अनुगमन टोलीलाई सघाएका थिए ।

तपाईको प्रतिक्रिया