कोहलपुरको परीक्षा प्रणाली खस्किंदै, विज्ञानको प्रश्नपत्रमा त्रुटी

डिल्ली शाही 

बाँके : कोहलपुर नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षा प्रणाली नै कमजोर रहेको पाइएको छ । आधारभुत तहको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको छ । शनिबार भएको विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको हो । प्रश्नपत्रमा नेपाली र अंग्रेजी अनुवादमा त्रुटी देखिएको थियो

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रशासनिक सहायक दुर्गा बाँस्तोलाले विश्वभरी नै फैलिएको कोराना भाइरसका कारणले प्रश्नपत्रमा त्रुटी देखिएको बताए । ‘हामीले बनाएको कार्यतालिका अनुसार काम अगाडि बढाउन पाइएन’ उनले भने, ‘हामीले कार्यतालिका अनुसार चैत ६ गतेबाट परिक्षा सञ्चालन गर्ने भनिएता पनि कोराना भाइरसका कारणले छिटोछिटो परिक्षा सञ्चालन गर्नु परेको प¥यो ।

प्रश्नपत्र प्रुरुफ रिडिङ गर्ने पनि भ्याइन्, त्यसैले प्रश्नपत्रमा समस्या देखियो ।’ राष्ट्रिय परिक्षाहरुमा समेत त्रुटी देखिएको भन्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास उनले गरे । ‘राष्ट्रिय परिक्षाहरुमा त त्रुटी देखिन्छ’ प्रशासनिक सहायक बाँस्तोलाले भने, ‘यो त नगरपालिकाले बनाएको प्रश्नपत्रमा आउनु कुनै ठुलो विषय होइन ।’ कोहलपुर नगरपालिका भित्रका ४२ वटा विद्यालयका ४२ वटा केन्द्र तोकिएर परिक्षा भइरहेको छ ।

दुई हजार तीन सय ६८ जना विद्यार्थीले फारम भरेका भएपनी दुई हजार तीन सय विद्यार्थीले शनिबारको परिक्षामा सहभागिता जनाएका थिए । आधाभुत तह कक्षा ८ को बार्षिक परिक्षा गत फागुन २९ गतेबाट सञ्चालन गरिएको थियो । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्डयालसँग यस बिषयमा बझ्न खोज्दा मोबाइल स्विच अफ रहेको थियो । प्रश्नपत्र बनाउँदा नगरपालिकाले त्रुटी गरेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा पश्नपत्रको फोटो नै राखेर नगरपालिकाको आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया