नदीमा डुबेर मृत्यु

सल्यान : सल्यानमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको कालीमाटी गाउँपालिका–२ भुतेताल निवासी ४२ वर्षीय विष्णु नेपालीको शारदा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती नदीको पाल्लोपट्टीको गाउँबाट फर्किदै गर्दा नदीमा डुवेर ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख लक्ष्मण वलीले जानकारी दिए । शनिबार बिहान नदीछेउ ढुंगामा घोप्टो परेको अवस्थामा स्थानीयले मृतकलाइ देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार