कर्मचारीमाथि राज्यको समान व्यवहार हुनुपर्छ : प्रकाश पौडेल

प्रकाश पौडेल वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत हुन् । विस २०३१ साल पौष २१ गते बुवा पर्शुराम र आमा तीला पौडेबाट जेठो छोराको रुपमा वीरेन्द्रनर –७ इत्राममा उनको जन्म भएको हो । करिव २३ वर्षदेखि वीरेन्द्रनगरमै कार्यरत पौडेलको वीरेन्द्रनगरलाई शैक्षिक र प्रशासनिक सहर बनाउनु पर्ने धारणा छ । स्थानीय कर्मचारी भएकै कारण वीरेन्द्रनगरलाई सुन्दर शहर बनाउने पैरवी गर्र्दै आएका छन् । जीवनका हरेक बसन्त र जागिरको सिलशिला यसरी साँटे ।
प्रकाश पौडेल (बरिष्ठ प्रशासकीय अधिकृत)

केटाहरुले गोवर ल्याउँथ्यौँ, केटीहरुले लिप्थे

विद्यार्थी जीवनमा छुट्टै रमाइलो थियो । आजभोलीका केटाकेटी मोवाइलमा गेम खेलेर रमाउँछन् तर हामी मोजाको भकुण्डो र फूटबल खेलेर रमाउँथ्यो । विद्यालय छुट्टी भएपछि पनि साथीभाई जम्मा भएर विभिन्न खेलहरु खेल्थौँ । तर उ बेला स्कूले डेष्क बेन्चे हुन्थेनन् ।

बस्नका लागि विद्यार्थी आफैले घरबाट चकट्टी लिनु पथ्र्याे । हरेक शुक्रबार कक्षा कोठा लिप्नुपथ्र्याे । केटा साथीहरु गाइको गोबर र पानी खोजेर ल्याउथ्यौँ । केटी साथीहरुले कक्षा कोठा लिप्थे । इत्राम स्कूलको हरेक वर्ष नयाँ कोक्षा कोठाहरु थपिन्थे ।

प्रत्येक शुक्रबार विद्यालयको भवन बनाउन इत्राम खोलाबाट ढुङ्गाहरु बोकेर ल्याउथ्यौँ । मैले ३०३६ सालतिर औपचारिक रुपमा शिक्षा सुरु गरेँ । श्री कृष्ण संस्कृत तथा साधारण प्रावि (हालको मावि) मा कक्षा ७ (सात) सम्मको अध्ययन गरें । अहिलेको जस्तो बोर्डिङ स्कूलहरु थिएनन् ।

मैल त कक्षा चारमा पुगेपछि मात्रै एवीसीडी र वानटु सिकेको हुँ । कक्षा ८ देखि जन मावि (हालको जन जमूना मावि) बजारबाट एसएलसी उत्तीर्ण गरेँ । सालमा एसएसलसी उत्तीणपछि वीरेन्द्रनगर बहुमूखि क्याम्पसबाट आइएड र सुर्खेत क्याम्पस शिक्षाबाट वीएड र एमएड पुरा गरेको छु ।

कोचिङ सेन्टर नै पहिलो जागिर

पेशाले बुवा शिक्षक हुनुहुन्थ्यो । घरको आर्थिक अवस्था पनि मध्यम खालको थियो । तर मैले एसएलसीपछि आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचेँ । पढाई राम्रै थियो । जसले गर्दा आफूभन्दा साना कक्षाका बालबालिकालाई पढाउन सक्थेँ । पढाई राम्रो भएकै कारण एसएलसीपछि होम कोचिङ सेन्टरमा पढाएँ ।

कोचिङ सेन्टरनै मेरो पहिलो जागिर बन्यो । केही समय कोचिङ पढाएरै खर्च चलाउँथे । तर २०५१ सालमा मेहलकुना माविमा अध्यापन गरे । करिव एक वर्षपछि वीरेन्द्रनगर नगरपालिकाले सुब्वा मागेको थियो । करिव ३० जनाको प्रतिस्पर्धा म उत्तीर्ण भएँ । २०५३ सालदेखि विभिन्न शाखामा सेवा गर्दै अहिले वीरेन्द्रनगरकै योजना तथा वातावरण शाखा प्रमुखको रुपमा कार्यरत छु ।

सम्मानले सेवा गर्ने हौसल्लाह बढायो

नागरिकले हरेक कर्मचारीलाई सम्मान गर्छन् । म त अपग्रेडिङ्ग हुँदा र नगरपालिकाबाट उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ । २०६७ र २०६९ मा उत्कृष्ठ कर्मचारीको रुपमा पाएको सम्मानले काम गर्ने थप हौसल्ला बढाएको छ ।

जनजाति महासंघ, अपाङ्ग समाज र वीरेन्द्रनगर नगरपालिकाले विभिन्न समयमा सम्मान ग¥यो । कर्मचारीहरु सेवाग्राहीप्र्रति जवाफदेही हुँदा समाजले पनि सम्मान गर्दाे रहेछ भन्ने पुष्टि गर्छ । तर समाजले सम्मान गरे पनि राज्यले भने स्थानीय कर्मचारीलाई ठूलो विभेद गरेको छ ।

म वीरेन्द्रनगरको स्थानीय तह कर्मचारी हुँ । कर्मचारी समायोजनमा निजामति कर्मचारीको एक तह पद बढ्यो तर स्थानीय कर्मचारीको पद बढेको छैन । स्थानीय कर्मचारीलाई पार्टीको बलमा जागिर खाएको भन्ने आरोप लाग्छ । तर स्थानीय कर्मचारीले पनि निश्चित योग्यता र क्षमता भएरै प्रतिस्प्रर्धा गरेर आएका हुन् ।


अहिले पनि राज्यले स्थानीय कर्मचारीको निवृत्त कोषको ग्यारेन्टी गरेको छैन । जीवनभर राष्ट्रको सेवा गर्दा पनअवकासपछि निवृत सेवा पाउन सकेका छैनन् ।

महत्वाकाँक्षी कर्मचारी अख्तियारको फन्दामा पर्छन्

भ्रष्टाचार हिजो पनि थियो । आज पनि छ । तर हिजो अख्तियार गाउँगाउँमा पुग्न सकेको थिएन । आज अख्तियारले सक्रियता बढाएको छ । जसले गर्दा भ्रष्टचारीहरु अख्तियारको फन्दामा परेका छन् । अधिकाँश घटनामा कर्मचारी नै मुछिदै आएका छन् ।

आफ्नो पृष्ठभूमि भूल्ने र धेरै महत्वकाँक्षा राख्ने कर्मचारीहरु गलत बाटोमा हिडेका छन् । फलत  : सेवाग्राहीलाई दुःख दिने र पैसा विना काम नगर्ने कर्मचारीहरु अख्तियारको फन्दामा परेका हुन् । असल कर्मचारीले सधैँ सेवाग्राहीको माया र सम्मान पाइरहेकै छन् ।

तर भ्रष्टाचारीहरु दिनदिनै पक्राउ पर्नुको पछाडि जनतामा बढेको जनचेतना हो । सचेत नागरिकले खबरदारी गर्दा भ्रष्टाचारीहरु पक्राउ परेका छन् । कुनै घटनामा त असल प्रवृतिका कर्मचारीले फ्याट्ट काम गरिदियो भने सेवाग्राहीले नै विश्वास मान्दैनन् । तर राज्यको करबाट तलव खाने हरेक कर्मचारीहरु सेवाग्राहीप्रति जवाफदेही हुनैपर्छ ।

कामको चाप पढेको समय शनिबार नभनी काम गर्न सक्नुपर्छ । हुन त हामी गरीब देशका कर्मचारीहरु हौँ । तर राज्यले कर्मचारीका छोराछोरी बढाउने र विरामी हुँदा उपचारको ग्यारेन्टी लिनुपर्छ ।
जसले गर्दा एकातिर कर्मचारीमा भ्रष्टचारी मानसिकताको हराउँछ भने अर्काेतिर थोरै सेवा सुविधामा पनि काम गर्न सक्ने वातावरण मिल्छ ।

अवकासपछि समाजिक सेवमा लाग्नेछु

जागिरको अवधि अझै बाँकी छ । वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको उत्कृष्ठ नगरपालिका बनाउन कर्मचारीका तर्फबाट मेरो योगदान बाँकी छ ।

तर मेरो रुचि र क्षमताले अवकासपछि पनि सामाजिक सेवामै रमाउनेछु । जागिरपछि पनि जनचेतना, सामाजिक जागरण र रंगमञ्चमा रमाउने छु । जीवनका हरेक क्षणहरु सुखमय रमाइलोसँग वितेका छन् । तर तीन पटक दुर्घटनामा पर्दाको क्षण जीवनका नरमाइला पक्षहरु हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार