हिमेश बने कमेडीको ‘च्याम्पियन’

काठमाडौं : नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन् ।  दर्शकको भोटका आधारमा उनी विजेता घोषित भएका हुन् ।  विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए ।


सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए ।विजेताले २५ लाख नगद र डाट्सनको रेडी गो कार उपहार पाउने आयोजकले घोषणा गरेको छ । लाइभ प्रशारण भएको फाइनलका लागि आयोजकले तीन हजार दरका टिकट बेचेको थियो । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । कार्यक्रमको होस्ट भने रिमा विश्वकर्माले गरेकी छन् । कमेडी च्याम्पियनको अडिसनबाट ८४ जना छानिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार