‘विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछु’

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय का नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई चार वर्षमै देशकै उत्कृष्ट विश्वविद्यालय बनाउने बताएका छन् । बिहीबार पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

जनताकै आन्दोलनको बलमा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै सिंहले जनताको लगानी जुटाउँदै जनताकै विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन । बिहीबार पदभार ग्रहण गर्दै सिंहले भने ‘यो जनताको आन्दोलनबाट स्थापना भएको विश्वविद्यालय हो, यसलाई जनताकै विश्वविद्यालय बनाउनुपर्छ’, उनले भने ‘जनताका छोराछोरी बढ्ने विश्वविद्यालयमा सरकारको बजेट र अनुदानमात्र नभइ जताको लगानी चुटाउनु आवश्यक छ ।’

कर्णालीको गरीब र भोकमरीको समस्यालाई अन्त्य गर्नेगरी विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो । कर्णाली जडिबुटीको भण्डार भएको उल्लेख गर्दै उनले विश्वविद्यालयले मेडिकल कलेज स्थापना गरेर यसको लाभ लिन सक्ने बताए । एक अर्काे प्रशंगमा उपकुलपतिले काम नगर्ने तर बिल मिलाएर भ्रष्टचारी मानसिकताका कर्मचारी विश्वविद्यालयलाई स्विकार्य नहुने तर्क गरे ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

भर्खर बामे सर्न लागेको विश्वविद्यालयलाई थप उचाईमा पु¥याउन सबैपक्षसँग सहकार्य गर्ने धारणा राखे । चार वर्षे कार्यकालमा विश्वविद्यालयलाई छोरा जस्तै गरी उर्काउने उपकुलपतिको प्रतिबद्धता थियो । उपकुलपति रिक्त भएको करिव ६ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले (फागुन १९ गते) नियूक्त गरेका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले बिहीबारमात्रै औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । यसअघि गत असोज ६ गते तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्य अवधि सकिएको थियो ।

त्यसयता विश्वविद्यालयमा उपकुलपति नियूक्त हुन सकेको थिएन । तर सरकारले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि विश्वविद्यालयकै व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरंजालाई निमित्त उपकुलपतिको रुपमा नियूक्त गरेको थियो । उपकुलपति नहुँदा विश्वविद्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । पदभार कार्यक्रममा विश्वविद्यालयका डीन प्राध्यापक डा. यामबहादुर कार्की, विभिन्न संकायका डिन, निर्देशक, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया